अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेकपा एमालेको खनाल-नेपाल समुहले ओली पक्षलाई कारबाही गरेर देखाउन चेतावनी दिएको छ ।
जिल्लामा एमाले खनाल-नेपाल पक्षले अदालतले ब्यूताइदिएको २०७५ जेठ २ सम्मका बैधानिक कमिटीले आयोजना गरेका बैठकहरुमा मात्र सहभागी हुने भन्दै कारबाही गरेर देखाउन चेतावनी दिएको हो । साथै जिल्लाभर संगठनात्मक अभियान जारी राख्ने बताएको छ ।
जिल्ला कमिटी अध्यक्ष चेत नारायण आचार्यले बिहीवार एक विज्ञप्ती निकाली गुटगत भेला गर्ने खनाल-नेपाल पक्षलाई कारबाही गर्ने चेतावनी दिएको दोस्रो दिन खनाल-नेपाल पक्षले बैधानिक कमिटी २०७५ जेठ २ सम्म रहेको र त्यसपछिका कुनै पनि पार्टी कमिटी र जनसंगठनहरुको बिस्तारलाई नमान्ने बताएको छ ।
२०७५ जेठ २ सम्म रहेको जिल्ला कमिटी
खनाल-नेपाल पक्षका जिल्ला नेता प्रेम नारायण गैरेले अर्घाखाँचीडट्कमलाई भने; “अदालतले ब्यूताइदिएको २०७५ जेठ २ को एमाले हो । त्यही अबस्थाबाट शुरु गर्ने हो, साथै गाउँमा बैचारिक र संगठनात्मक अभियान चलाउछौ । पार्टीलाई बलियो, गतिशील र क्रियाशील बनाउन, पार्टीलाई विधि र विधान अनुसार चलाउनका लागि पार्टीभित्रै रहेर संघर्ष गर्ने नीति लिन्छौ। बैठकमा नजाने भनेकै छैनौ । अदालतले ब्यूताइदिएको एमाले २०७५ जेठ ३ पहिलाको एमाले हो । त्यसैले २०७५ जेठ २ गते सम्मका बैधानिक कमिटीहरुको बैठकका आयोजना गर्नुपर्छ त्यहीबाट सुदृढ र एकताबद्द एमाले निर्माण प्रक्रियाको थालनी हुन्छ ।”
साथै नेता गैरेले भने; पार्टीले के-को आधारमा कार्बाही गर्ने ? पार्टी अध्यक्ष केपी ओलीले ठूलो पार्टी नेकपा बनाउने भनेर एमाले विघटन गर्नु भयो । हामी सबै नेकपा भयौ । अदालतले पुरानो घर एमालेमा फर्क भन्यौ केपी सहित हामी सबै एमालेमा फर्केका छौ । यहाँ कस्ले कस्लाई के भनेर कार्वाही गर्ने ? पार्टीलाई बिधिमा लैजाने हो भने बिधान र नियमावलीको पालना गर्नुपर्छ । पहिला २०७५ जेठ २ मा फर्कने हो । त्यसपछि पार्टी र जनसंगठनको बिधान नियमावलीको परिधिमा रहेर आबश्यक परेको खण्डमा पार्टी कमिटी र जनसंगठनहरुको बिस्तारको हुनु स्वभाबिक प्रक्रिया हो ।”
साथै जिल्ला कमिटी अध्यक्ष आचार्यले बिहीवार एक विज्ञप्ती निकाली जिल्ला कमिटी सचिव तोज बहादुर रायमाझी (विघान) रहेको बताए पनि उक्त समुहले पुरानो २०७५ जेठ २ सम्मको जिल्ला सचिव राम बहादुर चौहान रहेको बताएको छ ।
यो स्पेस विज्ञापनको लागि खाली छ–
दुमन थापा, रामबहादुर चौहान, प्रेमनारायण गैरे लगायतका खनाल-नेपाल पक्षका नेताहरुले जिल्लाभर संगठनात्मक अभियान जारी राखेका बेला ओली पक्षका आचार्यले गुटगत भेलामा नजान र पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने चेतावनी दिएका थिए । उनले केपी ओली अध्यक्ष रहेको एमाले आधिकारीक रहेको बताईएको थिए ।” यस्तै पार्टीको निर्देशनबाहेक अन्य निर्देशन नमान्न आचार्यले आफ्ना कार्यकर्तालाई सचेत गराएका थिए । साथै यस अघिका बैठकमा ‘पार्टी निर्णय नमानेमा विधान अनुसार, स्पष्टिकरण र कारबाही प्रक्रिया अगाडि बढाउने छलफल गरिएको थियो ।”
उता अर्घाखाँचीमा खनाल–नेपाल समूह अहिलेसम्म आयोजना गरिएका पार्टी बैठक, जनवर्गीय संगठनका बैठक भेलामा सहभागीता जनाएका छैनन् । गत चैत्र ६ गते शुक्रवार जनवर्गीय संगठनका भेलामा खनाल–नेपाल पक्षलाई हटाई सबै जनवर्गीय संगठनमा आफ्ना पक्षका चयन गरिएको थियो । जसमा अखिल नेपाल महिला संघकाे ईन्चार्जमा विजुला रायमाझी,सहईन्चाजमा प्रमिला क्षेत्रि,विष्णु आर्चाय, अखिल नेपाल किसान महासंघकाे ईन्चार्जमा रामबहादुर रायमाझी,सहईन्चार्जमा ढुन्डिराज ज्ञवाली, युवा संघ नेपालकाे ईन्चार्जमा खुविराम आर्चाय, सह-ईन्चार्जमा झविन सुनाम, अनेरास्ववियुकाे ईन्चार्जमा लिलबहादुर विक, सहईन्चार्जमा भरत न्याैपाने, प्रदिप नेपाली, प्रेस चाैतारी नेपालकाे ईन्चार्जमा हिमबहादुर जिसि, सह-ईन्चार्जमा गणेश खनाल, मुक्ति समाज नेपालकाकाे ईन्चार्जमा लक्ष्मण नेपाली सह-ईन्जार्जमा शिवकला विक रहेका छन् ।