अर्घाखाँचीमा माधव-नेपाल समुहद्धारा चौहानको नेतृत्वमा ७० सदस्यिय समानान्तर जिल्ला कमिटी गठन (फोटो सहित)

सागर परियार / अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेकपा(एमाले) माधव नेपाल समुहको 
१६ औँ विस्तारित बैठक  सम्पन्न भएको छ ।  शनिबार जिल्ला भेला गरेर सचिव चौहानको नेतृत्वमा ७० सदस्यिय जिल्ला कमिटी गठन गरिएको 
नेकपा एमाले जिल्ला कमिटिका सचिव राम बहादुर र्चौहानको अध्यक्षता सचिवालय सदस्य भविश्वर पाण्डेको  स्वागत मन्तब्यमा र सचिवालय सदस्य सिद्धि प्रसाद भुसालको संचालनमा सम्पन्न भएको थियो । बैठकले सत्तरी सदस्य नेकपा एमाले  जिल्ला कमिटिको पुर्नगठन गर्नुको साथै कार्य विभाजन समेत गरेको छ । बैठकले यहि चैत्र मसान्त भित्र पार्टिका पालिका, वार्ड र टोल तहका कमिटिहरु पुर्नगठन गर्ने,जनसंगठनका जिल्ला पालिका,वार्ड र टोल तहका कमिटिहरु पुर्नगठन समेत गर्ने निर्णय गरेको छ । 
बैठकमा प्रमुख अतिथी नेकपा एमाले प्रदेश कमिटि सदस्य एंम पुर्व जिविस सभापति पिताम्बर भुसाल पुर्व संविधान सभा सदस्य एवं नेकपा एमालका नेता डा. दुमन थापा, नेकपा प्रदेश कमिटि सदस्य यमुना भुसा, जिल्ला सचिवालय सदस्य सरोज भुसाल, युवासंघ नेपालका केन्द्रिय सचिव शुसिल भट्टराई विद्यार्थी नेता नारायण सर्मा, वावुराम पंथी लगायतले मन्तब्य राख्दै  नेकपा एमालेलाई विधि, प्रकृया र जनचाहाना अनुरुप अघि बडाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । बैठकका  अध्यक्ष राम बहादुर चौहानद्धारा प्रस्तुत महत्वपुर्ण निर्णयहरु पारित गरिएको थियो ।
साविक एमालेका निर्वाचित जिल्ला सचिव राम बहादुर चौहानलाई निलम्बन गरेर ओली समुहले टोप बहादुर रायमाझीका भाई तेज बहादुर रायमाझी(विधान) हुन भन्दै पत्राचार गरेपछि नेपाल समुहले समानान्तर कमिटी निर्माण गरेका हुन् ।  
ओली पक्षका जिल्ला कमिटी अध्यक्ष चेत नारायण आचार्यले बिहीवार एक विज्ञप्ती निकाली गुटगत भेला गर्ने खनाल-नेपाल पक्षलाई कारबाही गर्ने चेतावनी दिएपछि पहिलो पटक उक्त समुहको भेला सम्पन्न भएको छ ।
 भेलाले जिल्लाभर संगठनात्मक अभियान जारी राख्ने निर्यण गरेको छ ।