नेपाललाई चीनले दिएको ८ लाख खोप सोमबारसम्म काठमाडौंमा आइपुग्ने

काठमाडौँ । चीन सरकारले नेपाललाई प्रधान गरेको ८ लाख कोभिड–१९ विरुद्धको खोप चीनको राजधानी बेइजिङ स्थित बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थल पुगेको छ ।
नेपाललाई प्रदान गर्न लागिएको खोप र अन्य अत्यावश्यक सहायता सामाग्री नेपाल पठाउन बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थल पठाइसकिएको चिनिया दूतावासले जानकारी दिएको छ ।
यता नेपाल सरकारको निर्णय अनुरूप उक्त खोप लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाज भोलि (आइतबार) बेइजिङ जाँदै छ ।
बेजिङबाट स्वास्थ्य सामग्री लिएर निगमको जहाज सोमबार राती काठमाडौँ अवतरण गर्ने निगमको उडान तालिका रहेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिनुभयो ।
यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । रेडियो नेपालमा समाचार छ ।