सन्धिखर्कमा ओली पक्ष एमालेको शपथग्रहण कार्यक्रम सम्पन्न, खनाल-नेपाल समुहलाई कारवाही गरिने (फोटो सहित)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्कमा ओली पक्ष नेकपा  ( एमाले ) को जिल्ला अधिवेशन आयाेजक कमिटीका सदस्यहरुकाे शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । 
खनाल-नेपाल समुहको अनुपस्थिती सन्धिखर्कको मदन आश्रित स्मृति भबन पार्टी कार्यालयमा ओली पक्ष नेकपा  ( एमाले ) को जिल्ला अधिवेशन आयाेजक कमिटीका सदस्यहरुकाे शपथग्रहण कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
सन्धिखर्कको मदन आश्रित स्मृति भबन पार्टी कार्यालयमा पार्टीद्वारा आयाेजित जिल्ला अधिवेशन आयाेजक कमिटीका सदस्यहरुकाे शपथग्रहण कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष  लुम्बिनी प्रदेश सभा सदस्य चेतनारायण आचार्यको प्रमुख अतिथि उपस्थितीमा सम्पन्न भएको थियो । 
कार्यक्रममा आचार्यले नेकपा  एमालेकाे नाममा समानान्तर कमिटी निर्माण गरेमा कारवाही गरिने चेतावनी दिनुभएकाे छ ।  उता अर्घाखाँचीमा माधव-नेपाल समुहद्धारा राम बहादुर चौहानको नेतृत्वमा ७१ सदस्यिय समानान्तर जिल्ला कमिटी गठन गरेपछि आचार्यले कारवाही गरिने चेतावनी दिनुभएको हो ।  
सन्धिखर्क नगरपालिका अन्तर्गतका पार्टी जिल्ला अधिवेशन आयाेजक कमिटीका सदस्यहरूको सपथ ग्रहण कार्यक्रमलाई मदन-आश्रित स्मृति भवन सन्धिखर्कमा सम्बाेधन गर्दै अध्यक्ष आचार्यले एमाले पार्टीकाे नाम र चुनाव चिन्ह प्रयाेग गरेर छुट्टै भेला गर्ने अधिकार कसैलाई नरहेकाे भन्दै त्यसाे गरेकाे पाइएमा साधारण सदस्य समेत नरहने गरि कारवाही गरिने बताउनुभयाे । 
उहाँले जिल्ला कमिटीमा रहेका छ जना  व्यक्तिले पार्टीकाे विधि, पद्धति विपरित गतिविधि गरेकाे भन्दै सच्चिएर पार्टी काममा लागे आफूहरूले ढाेका खुला राखेकाे बताउनुभयाे ।  उहाँले निर्वाचनको बेला पार्टीका उम्मेदवारलाई  अन्तरघात  गरि हराउने व्यक्तिहरूले अहिले बाहिर बसेर  अवाञ्छित क्रियाकलाप गरिरहेकाे  बताउनुभयाे । आचार्यले जिल्ला एमालेमय बनेकाे भन्दै अब एमालेकाे जित र सफलतालाई कसैले राेक्न नसक्ने दावी गर्नुभयाे ।
 माओवादी केन्द्रबाट आएका नेता कार्यकर्तालाई उचित जिम्मेवारी प्रदान गर्दा माधव नेपाल समूहले  चर्काे विराेध गर्न  खाेज्नु आपत्तिजनक भएकाे बताउनुभयाे । उहाँले संगठन निर्माण गर्दै पार्टी काममा जुट्न अधिवेशन आयाेजक  कमिटीका सदस्यहरूलाई निर्देशन दिनुभयाे । उहाँले केपि ओलीले अघि सारेकाे विकास र  समृद्धिका याेजना  र राष्ट्रियताकाे अडानले पार्टीकाे गरिमा उच्च हुन पुगेकाे बताउनुभयाे ।  
 जिल्ला सचिव ताेजबहादुर रायमाझीले एमाले पार्टी प्रतिकाे आकर्षण बढ्दै गइसकेको  भन्दै अब  माओवादी केन्द्रबाट एमाले प्रवेश गर्नेहरूकाे लहर चल्ने बताउनुभयाे । उहाँले माधव नेपाल समूहले पार्टीलाई कमजाेर बनाउन विभिन्न खाले भ्रमहरू सिर्जना गरेकाे भन्दै भ्रमका पछि नलागि संगठन सुदृढीकरणमा लाग्न आग्रह गर्नुभयाे ।
 कार्यक्रममा जिल्ला अधिवेशन आयाेजक कमिटी सचिवालय सदस्यहरू बुद्धिराम भुसाल, केवि भुसाल, रामबहादुर रायमाझी क, रामबहादुर रायमाझी ख, रामचन्द्र पाेखरेलले शुभकामना मन्तव्य राखेका थिए  । जनसांस्कृतिक महासंघका बलबहादुर रायमाझीले सांगीतिक  प्रस्तुती दिनुभएकाे थियाे । कार्यक्रममा सबै वडाका अध्यक्षले वडाकाे बारेमा रिपोर्टिङ गरेका थिए ।
 कार्यक्रम नगर कमिटी अध्यक्ष श्रीकृष्ण भुसालकाे अध्यक्षता, नगर इन्चार्ज युवराज श्रेष्ठकाे स्वागत मन्तव्य र नगर सचिव शिव  अधिकारीकाे सञ्चालनमा सम्पन्न भएकाे हाे । 

अन्य समाचारहरु