अर्घाखाँची विषेश: खेल मैदानको नाममा खाँचीकोटको ऐतिहासिक राजाको पोखरी गायब (फोटो फिचर)

केशब राज ज्ञवाली | बसन्त खड्का  
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  एकीकरण पुर्वको नेपाल जुन बाइसे र चौबिसे राज्यको रुपमा थियो उक्त चौबिसे राज्य समूहको एक सदस्य राज्य खाँची राज्यको प्रभाबकारी ईतिहास रहेको छ ।
तत्कालिन समयमा अर्घाखाँची जिल्लामा अर्घा र खांची नामका दुई राज्य थिए । उत्तरमा अर्घा र दक्षिणमा खाँची । यी राज्यहरुको आ-आफ्नै ईतिहास छ तर हालका दिनहरुमा सम्बन्धित निकायले ईतिहास बचाउने भन्दा खतम पार्ने तर्फ कम्मर कसेर लागेको देखिन्छ । यसको एक ताजा उदाहरण खाँची मैदानबाट दक्षिण तर्फको राजाको पोखरी  बनेको छ तर इतिहांस बचाउने तिर ध्यान नदिएको कारणले गर्दा अहिले त्यो पोखरी नाममा मात्र सिमित भएको छ।
१५ औं शताब्दीका खांची राज्यका राजा महेन्द्र शाहले त्यस स्थानमा पोखरी बनाउन लगाएका थिए । हुनत उनी भन्दा पहिलेका राजाहरु पनि त्यस स्थानमा नुहाउन आउथे  भन्ने ईतिहास रहेको पाइन्छ।       
करिब छ सय बर्ष पुरानो ईतिहास बोकेको पोखरी संरक्षण गर्नुको बदला उक्त स्थानमा खेलमैदान बनाउने बहानामा ऐतिहासिक सम्पदा मासिएको छ । अन्यत्र बिकल्प हुदाहुदै पनि पोखरी मासेर खेल मैदान बनाउन लागेकोमा स्थानिय बुद्दिजिवी हरु चिन्तित देखिएका छन ।
वास्तविक पोखरी भएको स्थान भन्दा अलि तल एउटा पोखरी बनाइएको छ । त्यंहाका स्थानियका अनुसार त्यो पोखरी खनिएको मात्र दस बर्ष भयो । अब त्यो पछि खनिएको पोखरी देखाएर वास्तविक पोखरिको ईतिहास मेट्न खोजेको उनिहरुको भनाइ छ ।  
ऐतिहासिक सम्पदा राष्ट्रका चिनारी हुन । ती सम्पदाको संरक्षण र प्रबर्द्धन गर्नु सबै सम्बन्धित निकायको कर्तव्य हो तर तेस्तो देखिएन । खांची क्षेत्रका यि र यस्ता ऐतिहासिक सम्पदाहरुको उचित संरक्षण र प्रचार -प्रसार गरि यस ठाउँको पर्यटकिय बिकास गर्न सकिन्छ ।
खाँची क्षेत्र ऐतिहासिक मात्र नभएर पबित्र धार्मिक स्थल सुपा देउरालीसंग जोडिएको स्थान हो । सुपा देउराली आउने धार्मिक पर्यटकलाइ खांची सम्म आउने र  त्यहाका ऐतिहासिक सम्पदाहरु  राजाको पोखरी , खांची मैदान बाट पश्चिम तर्फ रहेको रानी पोखरी अनि दक्षिण पश्चिम तर्फ रहेको राजाको पधेरो  लगायतका स्थानहरुको उचित संरक्षण गरि पर्यटकहरुले देख्न र हेर्न लायक बनाउने भने यस क्षेत्रको बिकासमा टेवा पुग्ने देखिन्छ ।
राजाले नुहाउने  पोखरी