पाणिनीमा एमाले निकट राष्ट्रिय युवासंघ नेपालकाे पहिलाे चरणमा पलिका स्तरिय युवा भेला सम्पन्न

दिपक भुसाल 
पाणिनी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपलिकामा नेकपा (एमाले) निकट राष्ट्रिय युवासंघ नेपाल अर्घाखाँचीकाे संगठन विस्तार अन्तरगत पहिलाे चरणमा पलिका स्तरिय युवा भेला सम्पन्न भएकाे छ । 
भेलाले  बसन्त के.सी संयाेजक पारस भट्टराई सह सयाेजक रहेकाे १२८ सदस्य रहेकाे पालिका स्तरिय पालिका कमिटि गठन गरेकाे हो । 
कार्यक्रमकाे अध्यक्षता राष्टिय युवा संघ जिल्ला सदस्य तथा पाणिनी गाउँपलिका संयाेजक त्रिभुवन पाण्डेले गर्नु भएकाे थियाे । भने कार्यक्रमकाे  प्रमुख अथिति नेकपा एमाले प्रदेश कमिटी सदस्य कुटमदिन अलि रहनु भएकाे थियाे । 
यस्तै कार्यक्रममा बिशिस्ट अथितीहरुमा राष्ट्रिय युवा सघंकाे केद्रिय सचिव तथा जिल्ला इन्चार्ज  गाेविन्द भुसाल, रा .यु. स नेपाल सचिवालय सदस्य गाेविन्द आचार्य, भविन्द्र घिमिरेले, रा .यु .स नेपालका केद्रिय सदस्य दिपक भुसाल, ज्ञानेन्द्र घिमिरे, भेषराज क्षत्रि रहनु भएकाे थियाे ।
कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा युवा फाट ईन्चार्ज खुविराम आचार्य सह ईन्चार्ज झविन सुनाम समेत रहेकाे कार्यक्रममा जिल्ला कमिटि सदस्य युवराज ज्ञवाली, रुद्र पाेख्रेल, दुर्गा अधिकारी समेतकाे आतिथ्यता रहेकाे थियाे ।
 
कार्यक्रमा युवा सघका पालिका सदस्यहरुलाई सचिव गाेविन्द भुसालले पद तथा गाेपनियताकाे सबत खुवाउनु भएकाे थियो । कार्यक्रममामा वाेल्दै जिल्ला कमिटि सदस्य रुद्र पाेखरेलले युवाहरु विकासका सवाहक रहेकाे र उनिहरुकाे सक्रियता विना समाज परिवर्तन असम्भव रहने भएकाेले केन्दिय कमिटि सदस्य पर्देश जिल्ला तथा पालिका हुदै गाउँ गाउँका युवाहरुमा सक्रिय राजनितिक नेतृत्व आवस्यक रहेकाे वताउनु भयाे ।
कार्यक्रम पर्तिनिधिमुलक रुपमा रहेकाे भए पनि निकै जाेसिलाे उपस्थिति रहेकाे वताउदै पर्देश कमिटि सदस्य कुटमदिन अलिले आधिकारिक नेकपा एमाले केपी ओलीकाे नेतृत्वमा रहेकाे एमाले रहेकाेले भर्ममा नपर्न स्पस्ट पार्नुभयाे ।
 
समृद्ध नेपाल सुखि नेपालीकाे मुल लक्ष्य हासपल पुरा गर्न नेकपा एमालेकाे विकल्प अरु हुन नसक्ने वताउदै विकासमा  युवा नेतृत्व र स्वराेजगारिका लागि युवा राजनितिक नेतृत्व आवश्यक रहेकाे वताउनु भयाे । 

अन्य समाचारहरु