नवीन रसाइली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क जोड्ने सडक धुलाम्मे भई सडक आसपासका मानिसले हैरानी भोग्नु परेपछि आज त्यस सडकखण्डका स्थानीय बासिन्दाले विरोध गरेका छन् ।
सन्धिखर्कको नुवाकोट – कुर सडक पूरै धुलाम्मे हुँदा यात्रु तथा पैदल हिडनेले हैरानी भोग्नु परेको हो । यस्तै सन्धिखर्क जोडने सडकमा कालोपत्र सडकमध्ये बाहेक बाँकी पूरै धुलाम्मे भएको छन् ।
यस्तै जिल्लाको सुन्दर नगरी भनेर चिनिने सन्धिखर्क नगरपालिका भित्र पर्ने कुर भियु टावर नजिकै अझै सडकको सुधार हुन सकेको छैन् । जहाँ उक्कालो एकदमै र धुलो पनि बढिरहेको सवारी चालकहरु बताउन्छन् । उक्त ठाउमा जान सन्धिखर्कबाट जम्मा ५ मिनेट लाग्छ तर उक्त ठाउको सडकले गर्दा धेरै समय लाग्ने बताउन्छन् । जहाँ अहिले धुलो एकदमै बढेको हुदा गाडी समेत दुर्घटना पर्न सक्ने समेत सवारी चालक बताउन्छन् ।