अर्घातोषमा स्मार्ट युवा क्लबकाे पहलमा पहिलो पटक स्लो बाइक रेस प्रतियोगिता सम्पन्न (फोटो सहित)

दिपेन्द्र खत्री 
अर्घातोष, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा वार्ड नम्बर २ अर्घातोषमा फागु पूर्णिमा पर्वको अवसरमा पहिलो पटक नयाँ खालको खेल खेलाइएको छ ।  
स्मार्ट युवा क्लबकाे आयोजनामा फागु पूर्णिमालाई लक्षित गर्दै स्लो बाइक रेस सञ्चालन भएको हो । प्रतियोगितामा जिल्ला भित्र का र छिमेकी जिल्ला गुल्मी,प्युठान वाट  ३८ जना बाइक चालक सहभागी थिए । जसले ढिलो बाइक चलाउँदै लाइन क्रस गर्छ उनै विजेता हुने र भाग लिन १८ वर्ष उमेर पूरा हुनुपर्ने नियम थियो । चार चरणसम्म चलेको प्रतियोगितामा हरेक पाँच जना चालक प्रतिस्पर्धामा उत्रने नियम बनाइएको थियो ।
 स्मार्ट युवा क्लबका अध्यक्ष प्रदिप गाैतमका अनुसार युवा पुस्तामा बाइक रेस गर्ने चलन भएपनि बाइक विस्तारै कसरी हाँक्ने भनेर पनि यस्तो प्रतियोगिता आयोजना गरिएको  उहाँले बताउनु भयाे । 
यस प्रतियोगिताबाट युवा पुस्ताले सवारी साधन चलाउँदा मदिरालगायत लागूपदार्थ सेवन गर्नेहरुको संख्या घट्ने विश्वास गरिएको छ । शनिबार डाडाँकटेरीमा आयोजित पहिलो स्लो बाइक रेसको उपाधि विनाेद खनालले  जितेका छन् ।
५० मिटर लामो स्लो रेसको फाइनल प्रतियोगितामा दुर्गा के सी लाई पराजित गर्दै खनालले उपाधि हात पारेका हुन् । स्लो रेसमा के सीले अन्तिम समयमा खुट्टा टेकेपछि खनालले  विजय हात पार्दै नगद ५ हजार रुपैयाँ  र फुलहेल्मेट प्राप्त गरे । त्यस्तै उपविजेता केसीले ३ हजार रुपैयाँ र हेल्मेट पाएका छन् । त्यस्तै तेस्रो हुने भरत बि,कले पनि नगद १५०० रुपैयाँ र हेल्मेट पाए भने चाैथाे हुने विनाेद कुबंर क्षेत्रीले नगद १५०० रुपैयाँ पाएका थिए ।स्लो बाइक दौड प्रतियोगिता डाडाँकटेरी बीच बजारको फराकिलो सडकमा आयोजना गरिएको थियोे ।
 क्लब अध्यक्ष प्रदिप गैातमकाे अध्यक्षतामा  वडा अध्यक्ष विस्णु प्रसाद भुसालकाे प्रमुख अतिथि , शिवलाल कुवंर,लिल बहादुर पाण्डे,लाेक बहादुर कुवंरकाे काे बिशिस्ट अतिथि लक्ष्मण भुसालकाे सहजिकरणमा सम्पन्न भएकाे कार्यक्रममा स्वागत मन्तव्य उमेश पछाईकाे रहेकाे थियाे भने कार्यक्रम काे संचालन प्रभात  कुबंरले गर्नुभएकाे थियाे । जस कार्यक्रममा जनप्रतिनिधि ,राजनिती दलका प्रतिनिधि,शिक्षक ,समाजका बुद्धिजीवी,समाजसेवीहरुकाे उपस्थिति रहेकाे थियाे ।