अर्घाखाँचीमा फागु पुर्णिमा होली हर्सोउल्लासका साथ मनाइयो (भिडियो,फाेटाे फिचर)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क, चुत्राबेसी बजार लगायत जिल्लाभर फागु पूर्णिमा होली खेलेर मनाएका छन् ।
जिल्ला प्रशासन अर्घाखाँचीले भिडमा फागु पूर्णिमा होली निषेध गरेता पनि जिल्लाभर हर्षोल्लासपूर्ण रुपमा मनाइएको हो ।
जिल्लाभर एकापसमा अबिर र रङ दलेर फागु अर्थात् होली पर्व हर्षोल्लासका साथ मनाइएको छ । सन्धिखर्कका चुत्राबेसी , हललाइन , गुण्टेखोला , बैँक रोड शान्ति बगैँचामा युवायुवतीहरु जम्मा भएर होली खेलेर मनाए ।
उता जिल्ला प्रशासन अर्घाखाँचीले पारिवारिक रुपमा सुरक्षित रहेर चाडपर्व  मनाउन सचेत गराउदा गराउदै  पनि जबर्जस्ती सदरमुकाम सन्धिखर्कका सडकमा  युवाहरू होली खेलेका थिए ।