काठमाडौँ । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी आएको छ। पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि यही चैत २५ गते निर्वाचनको मिति तय गरिएको छ।
त्यसका लागि दलीय गठनबन्धनसहित पत्रकारहरूले विभिन्न पदमा उम्मेदवारी दिएका हुन्।
निर्वाचन समितिका अनुसार अध्यक्षमा कांग्रेस–माओवादी केन्द्र गठनबन्धनबाट प्रेस युनियनका विपुल पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएका छन्।
यसैगरी सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले प्रेस चौतारीको तर्फबाट अध्यक्षका लागि उम्मेदवारी दिएकी छन्।
युनियनकै तर्फबाट रामप्रसाद दाहाल पनि अध्यक्षमा उठेका छन्। महासंघलाई राजनीतिक दलको कब्जामा जान नदिने भन्दै उनले उम्मेदवारी दिएको हुन्।
यसैगरी स्वतन्त्रतर्फबाट गजेन्द्र बुढाथोकी र दीपक पाठकले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन्। इमेज खबरबाट