सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा ओली पक्षको नेकपा(एमाले) ले माधव नेपाल समुहका समानान्तर जिल्ला कमिटी अध्यक्ष राम बहादुर चौहान सहितका नेताहरुलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।
समानान्तर एमाले जिल्ला कमिटीका अध्यक्ष राम बहादुर चौहानसँगको अन्तरवार्ता
नेकपा एमालेका तत्कालीन जिल्ला सचिव चौहानको अध्यक्षतामा ७० सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेसँगै आधा दर्जन बढी नेताहरुलाई स्पष्टीकरण सोध्ने ओली पक्षले तयारी गरेको हो । उनिहरुलाई २,४ दिन भित्र स्पष्टीकरण पत्र थमाउने तयारी भएको बताइएको छ ।
ओली पक्षका एक नेताले डट्कमलाई जानकारी गराए अनुसार; राम बहादुर चौहान, पिताम्बर भुसाल, प्रेम नारायण गैरे, कूलदीप भूसाल, भविश्वर पाण्डे, सिद्धी भुसाल, सरोज भुसाल लगायत १० जनाको लिस्ट तयारी गरिएपनि कस- कसलाई स्पष्टीकरणका लागि पत्र लेख्ने भन्नेमा आन्तरिक छलफल भईरहेको बताइएको छ ।
यो स्पेस विज्ञापनको लागि खाली छ–
उता युवा नेता प्रेम नारायण गैरेले समानान्तर जिल्ला कमिटी गठनको विरोध गरेता पनि नेकपा बिभाजनसँगै ओली पक्षको विरुद्द उत्रिएका थिए । उनलाई जिल्लामा ओली पक्षको विरुद्द अवाञ्छित क्रियाकलाप गरेको आरोप लगाउदै नकारात्मक र कारवाहीको भागीदार भएको बताइएको छ । तर हिजो गैरेले समानान्तर जिल्ला कमिटी गठन प्रति आपत्ती जनाएको, एकताको आधार २०७५ जेठ २का मौजुदा कमिटी हुन्…पौष ५ पछि ओली पक्षले बनाएका कमिटी वा अरु कुनै समुहको नाममा बनाउने समान्न्तर कमिटीले एमालेलाई एकता बद्द बनाउन सक्दैन भनी डट्कमसँगको कुराकानीमा बताएका थिए ।
यस्तै हिजो शनिबार सन्धिखर्कमा जिल्ला अधिवेशन आयाेजक कमिटीका सदस्यहरुकाे शपथग्रहण कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले समानान्तर जिल्ला कमिटी गठन गर्नेलाई कारबाही गर्ने बताएका थिए । आचार्यले एमाले पार्टीकाे नाम र चुनाव चिन्ह प्रयाेग गरेर छुट्टै भेला गर्ने अधिकार कसैलाई नरहेकाे भन्दै त्यसाे गरेकाे पाइएमा साधारण सदस्य समेत नरहने गरि कारवाही गरिने चेतावनी समेत दिएका थिए ।
२०७५ जेठ २ सम्म रहेको जिल्ला कमिटी
यस्तै ओली पक्षले गरेको जिल्ला कमिटी र जनवर्गीय संगठन विस्तारलाई माधव नेपाल समुहले मान्य नहुने र २०७५ जेठ २ को अवस्थाबाट अगाडि बढ्नुपर्ने बताउदै आएको छ । तर फाल्गुन २५ गते मंगलवार पार्टी, चैत्र ६ गते शुक्रवार जनवर्गिय संगठनहरुको जिम्मेवारीमा हेरफेर निर्णयबाट पछाडि फर्किन नसक्ने अध्यक्ष चेतनारायण आचार्यले बताएका छन् । उनले बैठकमा सबैका गुनासा र आलोचना सुन्ने तर गुटगत आधारमा आउने कुरा स्वीकार्य नहुने पनि बताएका छन् । जिल्ला कमिटी अध्यक्ष आचार्यले जिल्ला कमिटी सचिव तोज बहादुर रायमाझी (विघान) रहेको बताउदै आएका छन् ।
उता समानान्तर जिल्ला कमिटीका अध्यक्ष चौहानले आईतबार अर्घाखाँचीडट्कमको विषेश लाईभमा बोल्दै आफुहरु कारबाहीबाट नडराएको र ओली पक्षलाई कारबाही गरेर देखाउन चुनौती दिएका छन् । साथै उनले जिल्लाभर संगठनात्मक अभियान जारी राख्ने बताए ।
गत चैत्र ६ गते शुक्रवार जनवर्गीय संगठनका भेलामा खनाल–नेपाल पक्षलाई हटाई सबै जनवर्गीय संगठनमा आफ्ना पक्षका चयन गरिएको थियो । जसमा अखिल नेपाल महिला संघकाे ईन्चार्जमा विजुला रायमाझी,सहईन्चाजमा प्रमिला क्षेत्रि,विष्णु आर्चाय, अखिल नेपाल किसान महासंघकाे ईन्चार्जमा रामबहादुर रायमाझी, सहईन्चार्जमा ढुन्डिराज ज्ञवाली, युवा संघ नेपालकाे ईन्चार्जमा खुविराम आर्चाय, सह-ईन्चार्जमा झविन सुनाम, अनेरास्ववियुकाे ईन्चार्जमा लिलबहादुर विक, सहईन्चार्जमा भरत न्याैपाने, प्रदिप नेपाली, प्रेस चाैतारी नेपालकाे ईन्चार्जमा हिमबहादुर जिसि, सह-ईन्चार्जमा गणेश खनाल, मुक्ति समाज नेपालकाकाे ईन्चार्जमा लक्ष्मण नेपाली सह-ईन्जार्जमा शिवकला विक रहेका छन् ।