सन्धिखर्क – ४ का एमाले कार्यकर्तासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

शोभाखर पन्थी 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ का नेकपा एमालेका कार्यकर्तासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
नेकपा एमाले सन्धिखर्क नगर कमिटीद्वारा सन्धिखर्कमा आयोजित वार्ड नं. ४ का कार्यकर्ता सँगको अन्तरक्रिया कार्यक्रममा  नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्यले अब हुने निर्वाचनमा नेकपा एमालेले स्पष्ट बहुमत ल्याउने बताउनु भएको छ ।
अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै उहाँले राष्ट्रियताको रक्षा,बिकास र समृद्धिको निम्ति एमालेको बिकल्प नभएको बताउनुभयो । वर्तमान सरकारले नेपाली भुमि समेटिएको नक्सा जारी गरेपछि नेकपा फुटाउने षड्यन्त्र भएको भन्दै उहाँले आम कार्यकर्ता र जनताको चाहना अनुसार नेकपा एमाले अझै बलियो र सशक्त पार्टी बनेको दाबी गर्नुभयो । प्रदेश सभाका सदस्य समेत रहनुभएका आचार्यले अर्घाखाँची जिल्लालाई नमुना जिल्ला बनाउने गरि आफुहरु अहोरात्र खटेक‍ो भन्दै स्थानीय तहमा हुने बिकास निर्माणको कामको प्रभावकारी रुपमा अनुगमन गर्न कार्यकर्तालाई सचेत पार्नुभयो ।
नेकपा एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता र सचिव शिव अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य नरेन्द्र कुमार क्षेत्री , जिल्ला सचिव तोजबहादुर रायमाझी ,जिल्ला कार्यालय सदस्य द्वय जनार्दन खनाल ,पिताम्वर भुसाल ,सन्धिखर्क नगर कमिटीका ईन्चार्ज युवराज श्रेष्ठ,सह-ईन्चार्ज रामबहादुर रायमाझी ,नेकपा एमाले जिल्ला सचिवालय सदस्य केवी भुसाल ,मोतिजङ्ग रायमाझी,जिल्ला सदस्य कृष्णबहादुर अधिकारी , जनार्दन खनाल , प्रेस चौतारी नेपालका लुम्बिनी प्रदेश कमिटीका संयोजक शोभाखर पन्थी,केन्द्रीय सदस्य गणेश खनाल लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।

अन्य समाचारहरु