ढिकुराका मृगौला पिडित घिमिरेको उपचारका लागि इजरायलबाट आर्थिक सहयोग

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची १६ चैत ।  दुबै मृगौला फेल भई काठमाण्डौमा उपचार गराइरहेका अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्वर ९, ढिकुरा गवदे निवासि ३५ वर्षिय बिष्णुप्रसाद घिमिरेको उपचारकालागि रोजगारीको शिलशिलामा इजरायलमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । 
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर १० धरम्पानीका विष्णु प्रसाद भट्टराईले संकलन गरेको ७० हजार रुपैया उहाँका बुबा गोविन्द प्रसाद भट्टराईले आज उहाँकी श्रीमती सिता घिमिरेको एन् आई सी एसिया बैंकको खाता नम्वर ००३५७५१०७६५६६००१ मा जम्मा गरिदिनु भएको छ । 
रोजगारीको सिलसिलामा इजरायलमा रहेका विष्णु प्रसाद भट्टराई (सोनी विष्णु) ले यस अघि पनि जिल्लाका विभिन्न क्षेत्रमा रहेका गरिब तथा असहाय विरामीहरुलाई सहयोग गद्रै आउनु भएको छ । 
भुमिकास्थान नगरपालिका ९ ढिकुराका विष्णु प्रसाद घिमिरेको दुबै मृगौला फेल भएपछि  अहिले काठमाण्डौमा उपचार भैरहेको छ ।
सहयोगि मनहरुलाई हृदय देखि आभार प्रकट गर्दै । सहयोगी मनहरुको नामावली र सहयोगको रकम यसप्रकार छ । 
सहयोगि मनहरुलाई हृदय देखि आभार प्रकट गर्दै । सहयोगी मनहरुको नामावली र सहयोगको रकम यसप्रकार छ:- 
१ ) दिपक क्षेत्री                  – 100 सेकेल 
२ ) लक्कि शर्मा                 –  100 सेकेल 
३ ) इन्द्र भण्डारी                 –  100 सेकेल 
४ ) अनिरुद्र जोशी               –  100 सेकेल 
५ ) रेखा पन्त                      –  100  सेकेल
६ ) सुरेन्द्र दमाशे                  –  100 सेकेल 
७ ) संझना पन्त                   –    51 सेकेल 
८ ) सरु बुढाथोकी                 –    51 सेकेल 
९ ) नाम नखुलाउने सर्तमा       –    51 सेकेल
१० ) जानुका चापागाईं            –  101 सेकेल 
11 ) कबिता पौडेल                 –    51 सेकेल
१२ ) निरु मल्ल ठकुरी              –  105 सेकेल 
१३ ) सुनिता श्रेष्ठ कार्की           –    51 सेकेल 
१४ ) शुशिला थापा मगर            –    55 सेकेल
१५ ) रुपेश बिष्ट                       –  101  सेकेल
१६ ) सरोज घताने                     –  105  सेकेल
१७ ) टेकेन्द्र कार्की                     –   100 सेकेल
१८ ) सन्जय ( कृष्ण ) चुँदाली      –   101 सेकेल
१९ ) कुश (कुशल)भट्टराई          –   100 सेकल 
२० ) योगेन्द्र (लबलि)भट्टराई       –   100 सेकेल
२१ ) खिमानन्द (आनन्द)भुसाल    –   100 सेकेल
२२ ) बिष्णु प्रसाद भट्टराई      –   119 सेकेल