सन्धिखर्क-गोरुसिङगे सडक खण्डमा प्रहरीको दुर्घटना न्युनिकरण सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क-गोरुसिङगे सडक खण्डमा प्रहरीको दुर्घटना न्युनिकरणको लागि ट्राफिक सचेतनामुलक  प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आज सोमबार सवारी दुर्घटना न्युनिकरण गरी सहज र सुरक्षित सवारी आवागमन गराउने तथा सर्वसाधारणमा  ट्राफिक जनचेतना अभिबृदी गराई ट्राफिक ब्याबस्थापनलाई प्रभाबकारी र जनमानसमा सु सुचित गराई सर्बसाधारणलाई ट्राफिक शिक्षा प्रदान गर्ने  उदेश्यका साथ ठाडा स्थित गोरुसिङगे- सन्धिखर्क सडक खण्डमा अस्थाई ट्राफिक प्रहरी पोष्ट ठाडाबाट खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले चालक तथा यात्रु हरु गरी १ पटकमा ३०जना , अस्थाई ट्राफिक प्रहरी पोष्ट नरपानी बाट खटिएको ट्राफिक चेकिङ टोलिले चालक सह चालक १ पटकमा १७  जना गरी २ पटकमा ४७ जनालाई सडकमै जम्मा गरी सवारी साधन चलाउदा ध्यान दिनु पर्ने कुराहरु सवारी साधनमा यात्रा गर्दा पलना गर्नु पर्ने नियमहरु तथा  अन्य ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिईएको थियो । 
सोही अवसरमा  ट्राफिक जनचेतनामुलक पर्चा पम्लेट समेत बितरण गरिएको थियो ।