छत्रदेव गाउँपालिकामा एमाले निकट महिला संघ कमिटीको भेला सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता
छत्रगञ्ज, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा नेकपा एमाले निकट अखिल नेपाल महिला संघ पालिका कमिटिको भेला सम्पन्न भएको छ । 
भेलाले मनि शर्मा पन्थीको अध्यक्षतामा ७५ सदस्यीय अनेमसंघ छत्रदेब गाउँपालिका कमिटिको गठन गरेको छ । जसको उपाध्यक्षमा सिता खनाल र लक्ष्मी अधिकारी, सचिवमा लक्ष्मी भट्टराई, कोषाध्यक्षमा लक्ष्मी भट्टराई र  सह कोषाध्यक्षमा शान्ता थापा लगायतका रहनुभएको छ ।
 
भेलामा अनेमसंघ जिल्ला सचिव शुसिला गैरेको प्रमुख आथित्यता, मनि शर्माको अध्यक्षता, अमृता पाण्डेको सञ्चालन रहेको कार्यक्रममा अनेमसंघ जिल्ला कोषाध्यक्ष दिपा आचार्यको बिशेष आथित्यता रहेको थियो ।
कार्यक्रममा अनेमसंघका महिला नेत्रीहरु बिमला पाण्डे, रुपा प्रधान, गंगा आचार्य,मिना पाण्डे, मनकला न्यौपाने, लक्ष्मी बञ्जाडे लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

अन्य समाचारहरु