अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । पछिल्लो समय देशभर वायु प्रदूषण बढेकाले अर्घाखाँची जिल्लामा पनि मंगलबारदेखि ४ दिन सम्पूर्ण शिक्षण संस्थामा बिदा हुने भएका छन् ।
पछिल्लो समय देशभर वायु प्रदूषण बढेकाले विद्यार्थीको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै सरकारले बिदा दिने निर्णय गरेअनुसार अर्घाखाँची जिल्लामा पनि भोली मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द हुने भएका हुन् ।
जिल्लाका सबै पालिका तथा विधालयहरुले भोली मंगलबारदेखि शुक्रबार अर्थात चैत १७, १८, १९, २० गते शिक्षण संस्था बन्द हुने सुचना जारी गरेका छन् । चैत २१ गते भने शनिबार परेकाले अब आइतबार मात्रै शिक्षण संस्था खुल्नेछन् ।
यस्तै प्रदूषण नघटे अरु केही दिन विद्यालय बन्द गर्ने बताइएको छ ।
शुक्रबारदेखि काठमाडौंसहित देशभरको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) अत्यधिक बढेको छ । वातावरण विभागअन्तर्गतको वायु गुणस्तर मापन केन्द्रले पनि एक्यूआईले जोखिमको तह नाघेको देखाएका छन् ।