अर्घाखाँचीमा माधव खनाल समुहले भन्यो आचार्यको बकम्फुसे कारवाहीबाट थिरिक्क छैनौ | ओली पक्ष स्पष्टीकरणका लागि केही दिन पर्खने
चैत्र १७ गते, २०७७ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा ओली पक्ष नेकपा(एमाले) बाट निष्काशन भएका माधव खनाल समुहले संजालमा आक्रोश व्यक्त गरेका छन् ।
निष्काशनमा परेका बाँयाबाट दुमनसिंह थापा, राम बहादुर चौहान र सिद्दी प्रसाद भुसाल
ओली पक्षले सोमबार समानान्तर जिल्ला कमिटी अध्यक्ष राम बहादुर चौहान, पार्टी संगठन सदस्य दुमनसिंह थापा र सिद्दी प्रसाद भुसाललाई सदस्यता समेत नरहने गरी पार्टीबाट निष्काशन गरेपछि उनिहरुले तथाकथित र बकम्फुसे कारवाहीबाट केही पनि थिरिक्क नभएको बताएका हुन् ।
निस्काशनमा परेका समानान्तर जिल्ला कमिटी अध्यक्ष चौहानले सामाजिक संजालमा चेत नारायण आचार्यको तथाकथित र बकम्फुसे कारवाहीबाट केही पनि थिरिक्क नभएको भन्दै व्यक्त गरेका छन् ।
चौहानले लेखेका छन्; विधान विपरित हामी माथि गरिएको तथाकथित र बकम्फुसे कारवाहीको कुनै मतलब छैन् । कोही थिरिक्क हुने वाला पनि छैनौ, ने केन्द्रमा माधव कमरेड, भिम कमरेड थिरिक्क हुनुहुन्छ। न जिल्लाका चौहान, थापा, भुसाल कमरेड थिरिक्क हुनेवाला छन् । ओली र चेतन जिको बकम्फुसे कारवाही गोडामा पिसाब फेरी न्यानो सिवाय अरु केही हुन सक्दैन् । यस्ता ताई न तुईका अफवाह देखि कोही तर्सने वाला छैन् । काग कराउदै गर्छ, कुकुर भुक्दै गर्छ, हात्ती हिन्दै गर्छ।”
पार्टी अध्यक्ष चेत नारायण आचार्यले सोमबार बसेको बैठकपछि एक प्रेस विज्ञप्ती जारी गर्दै चौहान, थापा र भुसाललाई पार्टी विधानको धारा ४९ (ख) अनुसार सदस्यता समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको उल्लेख गरेका थिए । यस्तै विज्ञप्ती भनिएको थियो; ‘पार्टी विभाजनकारी गुटगत क्रियाकलापमा संलग्न रही पार्टी अनुशासन उल्लंघन गर्ने अन्य केही व्यक्तीहरुलाई पार्टी विधान अनुसार स्पष्टीकरण माग गर्ने निर्णय पनि एमालेले गरेको छ ।’
साथै अन्य आधा दर्जन नेताहरुलाई स्पष्टीकरण सोध्ने बैठकले निर्यण गरेको उक्त प्रेस विज्ञप्ती उल्लेख थियो ।
स्पष्टीकरणका लागि केही दिन पर्खने
ओली पक्षका एक नेताले डट्कमलाई जानकारी गराए अनुसार; पिताम्बर भुसाल, प्रेम नारायण गैरे, कूलदीप भूसाल, भविश्वर पाण्डे, सरोज भुसाल लगायत आधा दर्जन बढीलाई स्पष्टीकरण पत्र थमाउने तयारी भएपनि केही दिन पर्खने कि भन्नेमा छलफल भएको छ ।
यस्तै ओली पक्षले गरेको जिल्ला कमिटी र जनवर्गीय संगठन विस्तारलाई माधव नेपाल समुहले मान्य नहुने र २०७५ जेठ २ को अवस्थाबाट अगाडि बढ्नुपर्ने बताउदै आएको छ । तर फाल्गुन २५ गते मंगलवार पार्टी, चैत्र ६ गते शुक्रवार जनवर्गिय संगठनहरुको जिम्मेवारीमा हेरफेर निर्णयबाट पछाडि फर्किन नसक्ने अध्यक्ष चेतनारायण आचार्यले बताएका छन् । उनले बैठकमा सबैका गुनासा र आलोचना सुन्ने तर गुटगत आधारमा आउने कुरा स्वीकार्य नहुने पनि बताएका छन् । जिल्ला कमिटी अध्यक्ष आचार्यले जिल्ला कमिटी सचिव तोज बहादुर रायमाझी (विघान) रहेको बताउदै आएका छन् ।
२०७५ जेठ २ सम्म रहेको जिल्ला कमिटी
उता समानान्तर जिल्ला कमिटीका अध्यक्ष चौहानले आईतबार अर्घाखाँचीडट्कमको विषेश लाईभमा बोल्दै आफुहरु कारबाहीबाट नडराएको र ओली पक्षलाई कारबाही गरेर देखाउन चुनौती दिएका थिए । साथै उनले जिल्लाभर संगठनात्मक अभियान जारी राख्ने बताएका थिए ।
गत चैत्र ६ गते शुक्रवार जनवर्गीय संगठनका भेलामा खनाल–नेपाल पक्षलाई हटाई सबै जनवर्गीय संगठनमा आफ्ना पक्षका चयन गरिएको थियो । जसमा अखिल नेपाल महिला संघकाे ईन्चार्जमा विजुला रायमाझी,सहईन्चाजमा प्रमिला क्षेत्रि,विष्णु आर्चाय, अखिल नेपाल किसान महासंघकाे ईन्चार्जमा रामबहादुर रायमाझी, सहईन्चार्जमा ढुन्डिराज ज्ञवाली, युवा संघ नेपालकाे ईन्चार्जमा खुविराम आर्चाय, सह-ईन्चार्जमा झविन सुनाम, अनेरास्ववियुकाे ईन्चार्जमा लिलबहादुर विक, सहईन्चार्जमा भरत न्याैपाने, प्रदिप नेपाली, प्रेस चाैतारी नेपालकाे ईन्चार्जमा हिमबहादुर जिसि, सह-ईन्चार्जमा गणेश खनाल, मुक्ति समाज नेपालकाकाे ईन्चार्जमा लक्ष्मण नेपाली सह-ईन्जार्जमा शिवकला विक रहेका छन् ।