मालारानी गाँउपालिकाले एकलौटी कर्मचारी नियुक्त, खर्च गरेको ५ राजनीतिक दलहरुको आरोप

अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको मालारानी गाँउपालिकाले एकलौटी कार्यशैली र क्रियाकलापहरु गरेको भन्दै ५ राजनीतिक दलहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् ।
५ राजनीतिक दलहरुले चार बुदे ध्यानाकर्षण पत्रमा एकलौटी कर्मचारी नियुक्त गरिएको विषय, नियम विपरित कर्मचारी नियुक्त, समिती र सञ्जालमा एकलौटी, जनताको पैसाले आवधिक भ्रमणका नाममा खर्चिलो कार्य गर्न लागेको आरोप लगाउँदै पालिकाका ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्रमा नेपाली कांग्रेसका शान्ता खनाल, माओवादी केन्द्रका पदम क्षेत्री, राष्ट्रिय जनमोर्चाका बिरबहादुर कुँवर, राष्ट्रिय प्रजातन्त्र पार्टीका रणबहादुर खनाल र जनता समाजवादी पार्टीका सुरज बिकको संयुक्त हस्ताक्षर रहेको छ । 
ध्यानाकर्षण पत्रमा कार्यसम्पादन गर्दा स्थानिय सरकारको क्षेत्राधिकार, ऐन, नियम र मापदण्ड विपरित एकपक्षिय ढंगले क्रियाकलाप भईरहेको उल्लेख छ ।