धातिवाङको जिमिरेमा ६५ दिने तालिम संचालन, कृषि तालिममा सहभागी कृषकहरु उत्साहित

डिआरजी सुमन
धातिवाँङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम/व्युरो रिपोर्ट) । पाणिनी वहुप्रविधिक शिक्षालयद्धारा संचालित ६५ दिने कृषि तालिमका सहभागीहरुले संतोषजनक अभिव्यक्तिव्याक्त गरेका छन । पाणिनी गाँउपालिका वार्ड नं ६ धातिवाँङको जिमिरे स्थितश्यामलाल कृषि तथा मौरिपालन फर्ममा संचालित ६५ दिने कृषि तालिममाकृषकहरु उत्साहित रुपमा सहभागी भएका छन । 
हामीलाई कृषि तालिमको धेरै आवश्यकता भएको समयमा पाणिनीवहुप्राविधिक शिक्षालयले महत्वपूर्ण तालिम ल्याएर राम्रो काम गरेको तालीममासहभागी प्रेम नारायण पौडेलले पत्रकारसँग वताउनु भएको छ । 
पाणिनी वहुप्राविधिक शिक्षालयका प्रिन्सीपल मणि गैरे र तालिम संयोजककृष्ण प्रसाद घिमिरे ले तालिका केन्द्र को अवलोकन गरी आवश्यक सुझावदिएका छन । यस पटकको ६५ दिने कृषि तालिममा वेमौसमी तरकारीको लागीआवश्यक विधि प्रक्रियावारे कृषकलाई जानकारी मुलक तालिम दिएको मुख्यप्रशिक्षक उमेश पौडेलले जानकारी गराउनु भएको छ ।
कृषिप्रधान देशमा कृषकको मनोभावना वुझ्दै यस्तो प्रकारको तालिम ल्याएरराम्रो काम गरेको श्यामलाल कृषि तथा मौरीपालन फ़र्मका संचालक श्यामलालपौडेलले वताउनु भएको छ ।
– तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम् ।

अन्य समाचारहरु