अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा स्तरिय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठक जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भएको छ ।
बैठकले प्रशासन कार्यालयले खेलकुदका कार्यक्रम, सभा, सम्मेलन, जमघटमा रोक लगाउनुका साथै कडाई गर्ने निर्णय गरेको छ ।
कोरोनाको जोखिम बढिरहेका बेला त्यस्को प्रभाव कम गर्न सरोकारवालाहरुको बैठक बसेको हो । अर्घाखाँची कोरोनाको उच्च जोखिममा रहेकाले थप कडाई गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको छ । बैठक पछी जिल्ला प्रशासन कार्यालयले पाँच बुँदे सुचना पनी जारी गरेको छ ।
भेला, जमघट, गोष्टी, सेमिनार, खेलकुद लगायत जमघट हुने कुनै क्रियाकलाप नगर्न जिल्ला प्रशासन कार्यालयले भनेको छ । यस्तै स्वास्थ्यका सबै मापदण्ड अपनाउन आग्रह गरिएको छ । भारत तथा तेस्रो मुलुकबाट आउने जिल्लावासीलाई अनिवार्य होम क्वारेन्टाईनमा बस्न र कोरोना परिक्षण गराउन पनी आग्रह गरिएको छ ।
गत चैत्र ११ गते बुधवार जिल्ला प्रशासन कार्यालयले सभा, सम्मेलन, जमघट गर्न रोक लगाउने निर्णय गरेको थियो ।
बुधबार अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षतामा सम्पन्न कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले जिल्लामा अत्याधिक भिड्भाड हुने सभा समारोह आयोजना गर्न रोक लगाउँने निर्णय गरेको थियो ।
बैठकले छिमेकी मुलुकबाट जिल्ला भित्रिएका र संक्रमितहरुको परिक्षणका लागि आवश्यक एन्टिजेन किट लुम्बिनी प्रदेश सामाजिक विकाश मन्त्रालय स्वास्थ निर्देशनालयसंग माग गर्ने, नजिकिदै गरेको होली पर्व भिडभाड नहुँने गरी आफ्नै घर परिवारसंग मिलेर मनाउन अनुरोध गर्ने साथै जन समुदायलाई स्वास्थ सुरक्षा सर्तकर्ता अपनाउन आह्रवान् गर्ने निर्णय गरेको थियो ।
बैठकमा नेपाली सेनाका सेनानी लेखनाथ कटुवाल, प्रहरी नायब उपरीक्षक माधब प्रसाद बुढाथोकी , शसस्त्र प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन , निमित्त जिल्ला समन्वय अधिकृत सृजना भुसाल , अनुसन्धान अधिकृत चिरञ्जीवी बुढा, मेडिकल असिस्टेन्ट डा. कपिल गौतम , स्वास्थ कार्यलय कि प्रमुख पुस्पा थापा, साहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनाल, खोप अधिकृत राम प्रसाद गौतम स्वास्थ कार्यलय का सुचना अधिकारी बिजय बिक लगायतको उपस्थिति रहेको थियो ।