ठाडाको हिलेखोलामा ट्राफिक प्रहरीको चालक यात्रु मैत्री कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ठाडाको हिलेखोलामा ट्राफिक प्रहरीको दुर्घटना न्युनिकरणको लागि चालक यात्रु मैत्री कार्यक्रम सम्पन्न भएको छ ।
आज बुधवार सवारी दुर्घटना न्युनिकरण गरी सहज र सुरक्षित सवारी आवागमन गराउने तथा सर्वसाधारणमा  ट्राफिक जनचेतना अभिबृदी गराई ट्राफिक ब्याबस्थापनलाई प्रभाबकारी र जनमानसमा सु सुचित गराई सर्बसाधारणलाई ट्राफिक शिक्षा प्रदान गर्ने  उदेश्यका साथ शितगंगा नगरपालिका वार्ड नं. १२ हिलेखोला स्थित गोरुसिङगे- सन्धिखर्क सडक खण्डमा अस्थाई ट्राफिक प्रहरी पोष्ट ठाडाबाट खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले ब्यबसायिक चालक परीचालक १ पटकमा २५ जना , अस्थाई ट्राफिक प्रहरी पोष्ट नरपानी बाट सन्धिखर्क नगरपालिका वार्ड नं. ७ सुपादेउराली स्थित खटिएको ट्राफिक चेकिङ टोलिले चालक तथा यात्रुहरु २ पटकमा  ४५ जना गरी ३  पटकमा ७० जनालाई सडकमै जम्मा गरी सवारी साधन चलाउदा ध्यान दिनु पर्ने कुराहरु सवारी साधनमा यात्रा गर्दा पलना गर्नु पर्ने नियम हरु तथा  अन्य ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिईएको थियो । 
सोही अवसरमा  ट्राफिक जनचेतनामुलक पर्चा पम्लेट समेत बितरण गरिएको थियो ।