अर्घाखाँचीडट्कम संवाददाता
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा १,३४६ जनाले पहिलो चरणको कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
माघ १४ गतेदेखि फागुन १० गतेसम्म र फागुन २३ गतेदेखि चैत ३ गतेसम्म पाणिनी पालिकामा १,३४६ जनाले पहिलो चरणको कोरोना भाइरसविरुद्धको खोप लगाएका हुन् । जसमा पाणिनीका ८ वटा स्वास्थ्य चौकीमा १०६० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । यस्तै सो भन्दा अगाडि यहाँबाट जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीमा लगाउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प्रतिनिधि, चालक, बैंकका कर्मचारी ३१६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका थिए ।
यस्तै यहाँ माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ गतेसम्म प्रदान गरिने भएको छ ।
पाणिनी गाउँपालिकामा स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, प्रहरी, सार्वजनिक संस्थान, बैंकका कर्मचारी, बिद्धुत टेलिकम, पत्रकारहरु, सार्वजनिक यातायातका चालक, सहचालक तथा क्याम्पस र विद्यालयका शिक्षक, ६५ वर्षमाथिका नागरिकलाई कोरोना खोप दिईसकेको छ ।
माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका लागि वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिनको लागि पाणिनी गाउँपालिकामा तयारी गरिएको छ । दोस्रो चरण गत फागुन २३ गतेदेखि यही चैत ३ गतेसम्म खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउने बारेमा पछि जानकारी गराइनेछ ।
साथै पाणिनी गाउँपालिकामा कोरोना मुक्त भएको छ ।