सन्धिखर्कमा जिल्ला जनगणना कार्यालयको जिल्ला स्तरीय सचेतना गोष्ठी सम्पन्न

गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा जिल्ला जनगणना कार्यालय अर्घाखाँचीले सरोकारवालाको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । 
जिल्ला स्तरीय सचेतना गोष्ठीमा बाेल्दै प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्काले जनगणनालाई राष्ट्रिय पर्वकाे रूपमा लिन आग्रह गर्नुभयाे । गणनालाई प्रभावकारी ढंगले गणना गर्न आग्रह गर्दै आफुहरुको तर्फबाट पुर्ण सहयाेग रहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
जिल्ला जनगणना कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला जनगणना अधिकारी धन बहादुर विसीले कार्यपत्र पेश गर्नुभएकाे थियाे ।
जिल्लामा क्रियाशिल राजनीतिक दल तथा संंघ संस्थाका प्रमुखहरु सहभागी कार्यक्रममा जिल्ला जनगणना समन्वय समितिका प्रमुख समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षता र पोमनारायण कुँवरको संचालनमा सम्पन्न भएको हो ।