सन्धिखर्कमा लैङ्गिक हिंसा र हानिकारक अभ्यास विरुद्धकाे नीति निर्माण सम्वन्धी कार्यशाला सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा लैङ्गिक हिंसा र हानिकारक अभ्यास बिरुद्धको निति निर्माण सम्बन्धी कार्यशाला कार्यक्रम सम्पन्न भएको छ।
बिहीवार लैङ्गिक हिंसा र हानिकारक अभ्यास विरुद्धकाे नीति निर्माण सम्वन्धी कार्यशाला सन्धिखर्क नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।  
सन्धिखर्क नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा गरिएको कार्यक्रममा सहजीकरण गर्दै संचारकर्मी अमृता अनमोलले लैङ्गिक हिसां र हानिकारक अभ्यास विरुद्धको निति निर्माण सम्बन्धिका मुख्य कारणहरुका बारेमा प्रष्ट पारिन ।
कार्यशाला कार्यक्रममा बिशेष प्रस्तुती दिदै उनले हाम्रा सामाजिक विभेदका मुद्दाहरुको बारेमा प्रस्ट पारिन् । 
सन्धिखर्क नगरपालिकाले लैङ्गिक हिसां नअभ्यास विरुद्धको निति निर्माण सम्बन्धी रणनीति बनाउन लागेको सन्दर्भमा केही सुझाब मिल्ने अपेक्षाले उक्त कार्यक्रम गरिएको थियो ।
नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रमको सभापतित्व उप प्रमुख ठाकुर कुमार बि.क. ,प्रमुख अथितिमा नगर प्रमुख कमल प्रसाद भुसाल ,बिशिस्ट अथिती प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा , सन्धिखर्क नगरपालिकाको सम्पुर्ण बिधालयका शिक्षकहरु ,विभिन्न संघ सस्थांका प्रतिनिधिहरु, पत्रकार , समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।

अन्य समाचारहरु