हरिप्रसाद भुसाल
धारापानी, अर्घाखाँची १९, चैत्र । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नं ३ धारापानीमा निर्माण गरेको आधारभुत स्वास्थ्य सेवा केन्द्रको आज उद्घाटन गरिएको छ ।
केन्द्रको नवनिर्मित भवनको नगर प्रमुख रेशम थापाले आज औपचारिक समारोहका विच उद्घाटन गर्नुभएको हो ।
केन्द्रको प्राङ्गणमा आज आयोजित औपचारिक समारोहका विच भवनको उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहमा मन्तव्य राख्दै नगरप्रमुख थापाले स्वास्थ्य केन्द्रको स्थापना संगै गुणस्तरिय स्वास्थ्य सेवा दिन कुनै कसर बाँकि नराखिने बताउनुभएको छ ।
कार्यक्रममा केन्द्रको भवन बनाउनको लागि जग्गा सौजन्य गर्नुभएका जग्गादाता बालकृष्ण खनाललाई नगर प्रमुख थापाले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख खडानन्द बेल्वासे, प्रमुख प्रशासकिय अधिकृत लिल बहादुर राउत क्षेत्रि, नगपालिकाका स्वास्थ्य शाखा प्रमुख, युवा व्यवसायी कविराम खनाल, माओवादी केन्द्रका नेता ठाकुर सौराग, विरेन्द्र आधारभूत विद्यालयका प्रधानाध्यापक गोविन्द केसी, स्वास्थ्य स्वयंसेविका मधु बन्जाडे लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम वडा अध्यक्ष बालकृष्ण बन्जाडेको अध्यक्षता, वडा सदस्य रुमलाल पौडेलको स्वागत मन्तव्य र वडा सचिव देवराज श्रेष्ठको संचालनमा सम्पन्न भएको हो ।
यस्तै भूमिकास्थान नगरपालिका वार्ड नं. २ ढाकाबाङको माझीगाउँँमा पनि आजबाट नै आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट सेवा शुभारम्भ गरिएको छ ।