सिद्धारा र सिमलपानीमा किसानहरुलाई च्याउ उत्पादन सामाग्री बितरण

अराज बेल्बासे
सिद्धारा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाकाे वार्ड नम्बर ११ सिद्धाराको इमिलियामा र १३ सिमलपानीको छेडमा  मुख्यमन्त्री ग्रामिण बिकास तथा राेजगार कार्यक्रम अन्तर च्याउ उत्पादन तालिम लिएकाे किसानहरुलाई च्याउ उत्पादन सामाग्री बितरण गरिएकाे छ ।
च्याउकाे बीउ, टनेल, बिषादी तथा किटनासक चुना कृषकहरुलाई बितरण गरिएकाे हाे ।
सिमलपानीको छेडमा ४० जना कृषकहरुलाई सामाग्री बितरण गरिएकाे छ । भने सिद्धाराको इमिलियामा २० जना कृषकहरुलाई सामाग्री बितरण गरिएकाे शितगंगा नगरपालिकाका राेजगार संयाेजक नरमाया सुबेदीले जानकारी दिनु भयाे । 
मुख्यमन्त्री ग्रामीण बिकास तथा राेजगार कार्यक्रम अनुसार च्याउ उत्पादन तालिम लिए पछि टनेल निर्माण गरेकाहरुलाई सामाग्री बितरण गरिएकाे हाे । मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अनुसार विभिन्न वार्डमा बाख्रा बितरण लगायतका कार्यक्रम समेत सञ्चालन गरिसकेकाे छ।

अन्य समाचारहरु