वाङ्लामा १५ दिने डल् कुशन् बनाउने तालिम समापन तथा ब्युटी पार्लर सम्बन्धी ३ महिने तालिम शुरु (फोटो सहित)

दिपक भुसाल
वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ५ वाङ्लामा १५ दिने डल् कुशन् बनाउने तालिमको समापन तथा ब्युटी पार्लर सम्बन्धी ३ महिने  सीप विकास तालिम शुरु भएको छ । 
वाङ्लामा “सबै नगरवासीकाे रहर ,सुन्दर र समृद्ध सन्धिर्खक नगर ”  भन्ने मुल नारा सहित गरिवी निवारणका लागि लघु उधम विकास कार्यक्रम (MEDPA) १५ दिने डल् कुशन् बनाउने तालिम सम्पन्न भएकाे हो । 
यस्तै वाङ्लामा ब्युटी पार्लर सम्बन्धी ३ महिने  सीप विकास तालिमकाे उदघाटन कार्यक्रम पनि सम्पन्न भएकाे हो । कार्यक्रमकाे अध्यक्षता सनपा ५ का वार्ड अध्यक्ष राजेन्द्र भुसाललेले गर्नु भएकाे थियाे । कार्यक्रमको प्रमुख अथिति सन्धिर्खक नगर प्रमुख कमल प्रसाद भुसाल रहनु भएकाे थियाे । 
यस्तै कार्यक्रममा अथितिहरुमा नगरपालिका उधोग शाखा प्रमुख जिवनारायण आचार्य, स न पा ५ कि वार्ड सदस्य पदमा भुसाल, वडा सचिव प्रदिप भुसाल ,प्रशिक्षक राधा चुदालि,सविना पाेखरेल ,सागर अधिकारी ,पत्रकार दिपक भुसाल रहनु भएकाे थियाे । 
कार्यक्रमा अथितीहरुलाई  आफुले सिकेकाे सिपलाइ केही दिनलाई मात्र हाेईन भाेलीकाे दिनमा व्यवसायीक रुपमा रुपान्तरण गर्न सक्नु हाेला भन्दै शुभकामना दिनु भएकाे थियाे । 
कार्यक्रमबाट डल कुशन् बनाउने तालिममाबाट ८ जना तालिममा लिएका छन भने ब्युटी पार्लर सम्बन्धि तालिममा १५ जना सहभागी रहेकाे सविता प्राेखरेलले बताउनु भयाे । 
कार्यक्रम सन्चालक अनिता राहुतले गर्नु भएकाे थियाे भने कार्यक्रमकाे समापन वार्ड अध्यक्ष राजेन्द्र भुसालले गर्नु भएकाे थियाे । 

अन्य समाचारहरु