हिम लेकाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला संघ सन्धिखर्क नगर कमिटीकाे बैठक मदन आश्रीत स्मृतिभवन सन्धिखर्कमा सम्पन्न भएको छ ।
नगर कमिटि अध्यक्ष मेनुका पाैडेलकाे अध्यक्षता सचिव माया ज्ञवालीकाे सन्चालनमा सम्पन्न बैठककाे प्रमुख आतिथ्यता अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज बिजुला रायमाझीकाे रहेकाे थियाे । बैठकमा उहाँले प्रशिक्षणमुलक मन्तव्य राख्दै पार्टीलाई बलियाे बनाउन जनसंगठनहरूकाे महत्त्वपूर्ण भुमिका रहेकाेले सबै जिम्मेवारीबाेध गर्दै कृयाशिल भएर संगठन निर्माणकाे काममा लाग्न निर्देशन गर्नुभयाे ।
बैठकमा अनेमसंघ जिल्ला कमिटी सचिव, प्रदेश सदस्य शुशिला गैरे, प्रदेश सदस्य तथा अनेमसंघ जिल्ला सदस्य सीता बन्जाडे, जिल्ला कमिटी सदस्य पार्वता भुसाल, ललिता भट्टराई समेतकाे आतिथ्यता रहेकाे थियाे ।
बैठकले सन्धिखर्क नगरपालिकाभित्र संगठन विस्तारका लागि जिम्मेवारीकाे बाँडफाँड गरेकाे छ भने यहि चैत्र मसान्तभित्र नगरपालिकाका सबै वार्डमा वार्डकमिटी तथा टाेलमा टाेल कमिटीका भेला तथा सम्मेलनहरू पनि सम्पन्न गर्दै जाने निर्णय गरेकाे छ । बैठकले सन्धिखर्क नगरलाई नमूना महिला संगठनकाे रूपमा स्थापित गर्न महिलाहरूलाई आयआर्जनको बाटोमा डाेर्याउँदै आत्मनिर्भर बनाउनकाे निम्ति विभिन्न याेजनाहरूसमेतकाे तय गरेकाे बताईएकाे छ ।
बैठकमा अनेमसंघ केन्द्रीय कमिटीकाे सर्कुलर समेत अध्ययन गरिएको थियाे ।