माधव बेल्वासे
अडगुरी, अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे पाणिनी गाँउपालिका वार्ड नम्बर ७ अडगुरीमा नेकपा एमाले निकट महिलाहरुको भेलाले वार्ड कमिटी गठन गरेको छ ।
अधिवेशन आयोजक कमिटिको रुपमा प्रस्तावित कमिटिलाई भेलाले अनुमोदन गरेको छ । रीता अधिकारीको संयोजकत्वमा गठित समितिमा सह संयोजकको जिम्वेवारि रेखा अधिकारिले प्रप्त गर्नुभएको छ । ३३ सदस्यिय कमिटिका अन्य पदादिकारिहरुमा सचिव गोमा पौडेल ,सह सचिव मञ्जु कार्कि, कोषादक्ष्य सीता पौडेल लगायत रहेका छन् ।
अनेम संघ वार्ड कमिटिका निवर्तमान अध्यक्ष करुणा न्यौपानेको अध्यक्षतामा बसेको भेलामा नेकपा एमाले वार्ड कमिटि ईन्चार्ज गुनाखर अधिकारिको प्रमुख आथित्यता रहेको थियो । पार्टिका पालिका कमिटि सदस्य तथा वडा कमिटि अध्यक्ष जनार्दन न्यौपाने , पालिका कमिटि सदस्यहरु मिन बहादुर थापा, कृष्ण प्रसाद पोख्रेल लगायतको बिशिष्ट आथित्यता रहेको थियो ।
वडा कमिटि सदस्यहरु नबिन कुमार टण्डन,टोपकलि कब्दार, कमला सुनार लगायतको आथित्यता रहेको कार्यक्रममा नव गठित कमिटिका पदादिकारिहरुलाई प्रमुख अथिति अधिकारिले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो ।
भेलाले पालिका कमिटिका लागि समेत वडाको तर्फबाट सहभागि हुने प्रतिनिधिहरुको समेत छनोट गरेको छ । यस्तै टोल कमिट ईन्चार्जको जिम्वेवारि समेत तोक्दै यथासिघ्र टोल कमिटि गठन गर्ने निणर्य समेत गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति अधिकारिले जनअपेक्षा अनुसार विकासका कार्यको निरन्तरता नै अहिको आवस्यकता भएको बताउदै स्थानिय तह देखि नै एकताको खाँचो रहेको बताउनु भएको छ । अहिलेको परिवेषमा कम्न्युष्ट आन्दोलन एकतामा नै सम्भव भएको भन्दै दवावका लागि पनि अड्गुरी उदाहरण बन्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा बोल्ने अन्य बत्ताहरुलेपनि आफुहरु एकजुट हुनुको विकल्प नभएको बताएका थिए । कार्यक्रमको संचालन कौशिला पोख्रेलले गर्नुभएको थियो ।