अर्घाखाँचीडट्कम संवाददाता
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ डिभर्नामा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल १२ नं वार्ड कमिटीको युवा भेला सम्पन्न भएको छ ।
भेलाले राजेन्द्र श्रेष्ठको अध्यक्षतामा ५५ सदस्यीयको राष्ट्रिय युवा संघ नेपाल १२ नं वडा कमिटि गठन गरेको छ । जसको सदस्यहरुमा बिनोद श्रेष्ठ, महेश श्रेष्ठ, विकास श्रेष्ठ, धुर्व श्रेष्ठ, सुसिल श्रेष्ठ, बिरेन्द्र श्रेष्ठ, अनुप बस्याल, आशिस श्रेष्ठ, कृष्ण नेपाली, पबित्रा नेपाली, शिव नेपाली, राजु भुसाल लगायतका रहनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल सन्धिखर्क नगरकमिटि अध्यक्ष लक्ष्मण केसीको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति केसीले युवा संघले पार्टी नीति, बिधी र सिद्धान्तको कार्यान्वयन गर्दै नेकपा एमालेले लिएको महान बिचारलाई पूर्ण कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वडाभित्र पार्टी गतिबिधीलाई पूर्ण रुपमा कार्यान्वयन गदै अगाडि बढ्न युवाहरुलाई अपिल पनि गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य मधुकुमार श्रेष्ठ, जिल्ला कमिटि सदस्य तथा वडा कमिटि सचिव बसन्त श्रेष्ठ, जिल्ला कमिटि सदस्य प्रकाश श्रेष्ठ, भद्राचौर टोल कमिटि संयोजक अर्जुन श्रेष्ठ, पाटी नेता बिष्णु कुमार श्रेष्ठ लगायतले भेलामा शुभकामना मन्तब्य राख्दै डिभर्ना एमालेको लाल किल्ला भएकोले वडाभित्रका एकलौटी निर्णय र कार्यक्रमको खुलेर जनतासामु पु¥याउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल १२ नं वडा कमिटि इन्चार्ज अमृत श्रेष्ठको अध्यक्षता र सह—इन्चार्ज हरी श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।