अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाकाे सन्धिखर्कमा सानदार सोच एवम जिवनशैली सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिकामा प्रशिक्षक डा. राजु अधिकारीको प्रमुख प्रशिक्षणमा सानदार सोच एवम जिवनशैली सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
कार्यशाला गोष्ठीमा नगरप्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विक, प्रशासकिय प्रमुख कृष्ण प्रसाद सापकोटा लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुलाई उपस्थिति रहेको थियो ।