सुबर्णखाल मन्द्रे
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाकाे बैरिया बिक्रमसोता दमार मन्द्रे सुपाखोला खाँचीकोट नुवाकोट अर्घाकोट बलकोट सडकखण्डको शुभारम्भ भएको छ ।
सुबर्णखाल मन्द्रे
प्रधानमन्त्री केपी ओलीले शनिबार निर्वाचन क्षेत्रका रणनीतिक सडक विस्तार कार्यक्रमको शुभारम्भ गरे अनुसार अर्घाखाँचीको प्रतिनिधिसभा १ अन्तर्गत बैरिया बिक्रमसोता दमार मन्द्रे सुपाखोला खाँचीकोट नुवाकोट अर्घाकोट बलकोट सडकखण्ड पनि परेको हो ।
बैरिया बिक्रमसोता दमार मन्द्रे सुपाखोला खाँचीकोट नुवाकोट अर्घाकोटको सडक निर्माण तथा सुधार तीन वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको बताइएको छ ।
जिल्लालाई आधारभूत रुपमा सडक पूर्वाधारले समृद्ध बनाउने सडक विस्तार कार्यक्रमको लक्ष्य रहेको बताइएको छ ।