मालारानी गाउँपालिकाले बबई रिसोर्टमा १० लाख खर्च गरेर कार्यक्रम गरेको भन्दै चर्को विरोध

अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले बर्दियाको ठाकुरबाबा स्थित बबई रिसोर्टमा आयोजना गरेको तीन दिने बृहत् याेजना तर्जुमा कार्यशाला गाेष्टी १० लाख खर्च गरेको भन्दै चर्को विरोध भएको छ । 
मालारानी गाउँपालिकाले चैत्र १८, १९ र २० गते बर्दियाको ठाकुरबाबा स्थित बबई रिसोर्टमा बृहत् याेजना तर्जुमा  तथा  दीर्घकालीन साेच तयारी  कार्यशाला गाेष्टी आयोजना गरी १० लाख खर्च गरेको भन्दै सामाजिक संजालमा चर्को विरोध भएको हो । 
गाउँपालिकाको योजना निर्माण कार्यक्रम खनदह वा सन्धिखर्कमा नै गर्न सकिने हुँदा हुँदै पनि बबई रिसोर्टमा ठुलो तामजाम सहित लाखौं खर्च गरी उक्त कार्यक्रम गरेर फरिएको भन्दै सामाजिक संजालमा चर्को विरोध आलोचना शुरु भएको छ । सामाजिक संजालमा बिपुल थापाले लेखेका छन्; “होटल रिसोर्टमा महंगा मदिरा, खानापिन गरेर १० लाख खर्च गर्नुभन्दा बरु एउटा सानो बिद्यालय भवन वा स्वास्थ्यचौकी निर्माण हुन्थ्यो।”      
चैत्र १८ बुधवार बृहत योजना तर्जुमा तथा दिर्घकालीन सोच तयारी कार्यशाला गोष्ठीको उर्जा जलस्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझीले उद्घाटन गरेका थिए । कार्यशाला गोष्ठीमा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष प्राडा. गोविन्दराज पोख्रेल, गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्माको अध्यक्षता, उपाध्यक्ष प्रमिला क्षेत्री, लुम्बिनी सामाजिक विकास केन्द्रका विकास विज्ञ हिम्मतसिंह लेकाली,  गणेश रावत, कार्यकारी निर्देशक कृष्ण पौडेल लगायत ९० जना पदाधिकारी कर्मचारीहरू गएका बताइएको छ ।  
तर उक्त कार्यक्रममा मालारानीका वार्ड नम्बर ३ का वडाअध्यक्ष शोभाखर खनाल ५ का वडाअध्यक्ष शोभाकर भुसाल र  ९ का वडाअध्यक्ष फन बहादुर पुन मगर उक्त गएका थिएनन् । यस्तै उक्त बबई  कार्यक्रममा जिल्लाको प्रमुख मिडिया अर्घाखाँचीडट्कम लगायत अन्य एफ.एम रेडियोलाई पनि जानकारी गराइएको थिएन् । 
उता आलोचना भएता पनि १० लाख खर्च भएको बिल भर्पाई र ९० जनाकाे नाम लिष्ट भने गाउँपालिकाले सार्वजनिक गरेको छैन् ।  
यस्तो छ बबई रिसोर्ट: