खिदिममा पाणिनी वार्ड नं. ३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न (भिडियो, फोटो फिचर)

केशवराज ज्ञवाली
खिदिम, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ३ खिदिममा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
खिदिमको भुतफालेमा महादेव आधारभुत बिधालयको प्राङ्गणमा भएको उक्त कार्यक्रममा गाउपालिका तथा वार्डबाट भएका सेवा प्रबाहका बिषयमा चर्चा र समीक्षा गरिएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले सबै मिलेर पालिकाको बिकासमा लाग्नु पर्ने बताए । उनले यो भएन त्यो भएन् भन्नू भन्दा पनि आफू र आफ्नो तर्फबाट थप उत्तरदायी र कर्तव्यनिस्ट बन्न पनि सम्पुर्ण सेवाग्राही र कर्मचारीमा अपिल गरे ।
तय्स्तै नगर उपाध्यक्ष लक्ष्मी गौतमले श्रीमान हराएका एकल महिलाहरुको न्यायको बारेमा अदालतको ढोका घच्घचाएको उल्लेख गर्दै पालिकाको तर्फबाट थप पहल र योजनाको सुरुवात गरेको बताइन् ।
यता पाणिनी वार्ड न . ३ का अध्यक्ष देवी बहादुर क्षेत्रीले बोल्दै वार्डबाट हुने कार्यक्रम र सेवा प्रबाहमा कसैलाई पनि भेदभाव र पुर्वाग्रह नराखिएको र आगामी दिनमा पनि नराखिने बताए ।
कार्यक्रमा पाणिनी वार्ड नम्बर ३ का स्थानियहरुले आ-आफ्ना गुनासा तथा सुझाबहरु राखेका थिए । स्थानियहरुका गुनासा तथा जिज्ञासाहरुको पालिकाका सम्बन्धित अधिकारिहरुले जबाफ दिएका  थिए ।
अर्घाखाँची मिडिया हाउसको सहजीकरणमा सम्पन्न कार्यक्रमको अध्यक्षता पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद घिमिरे, सेवा प्रदायकका तर्फबाट पाणिनी गाउँपालिकाका अधक्ष अच्युत गौतम, उपाध्यक्ष लक्ष्मी गौतम, वार्ड न . ३ का वार्ड अध्यक्ष देवी बहादुर क्षेत्री, डट्कमका प्रमुख मेहर सिंह के.सी, जनप्रतिनिधीहरु र स्थानिय अगुवा, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी पत्रकार लगायतको उपस्थिती थियो ।
सुनुवाई कार्यक्रम अर्घाखाँचीडट्कमका सम्पादक सन्तोष कुमार के.सीको संचालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु