अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेकपा मसाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं)को जिल्ला स्तरिय भेला सम्पन्न भएको छ ।
अखिल छैठौं अर्घाखाँचीको २४ औं जिल्ला सम्मेलन २०७५ । आश्विन ७, आईतबार
चुत्राबेसीमा शनिबार सम्पन्न अखिल छैठौंको जिल्ला स्तरिय बैठकले २६ औं जिल्ला सम्मेलन आगामी जेठ १ र २ गते सदरमुकाम सन्धिखर्कमा गर्ने निर्यण गरेको हो ।
साथै भेलाले जिल्ला ब्यापी संगठन निर्माण र प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्यण गरेको छ ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी. को उपस्थिती भेलामा ठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुँवर,केन्द्रिय सचिव गोपाल प्रसाद भट्टराई लगायत मन्तव्य राखेका थिए ।
कार्यक्रम छैठौंका जिल्ला अध्यक्ष पुरन नेपालीको अध्यक्षता र उपाध्यक्ष आकाश भाटको स्वागतमा सम्पन्न भएको थियो ।
अखिल छैठौंको २२ औं राष्ट्रिय सम्मेलनमा कन्चनपुरको महेन्द्रनगरमा जेठ १४ देखि १६ गतेसम्म हुँदैछ ।