अर्घाखाँचीडट्कम संवाददाता
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्धाराको अती विकट वस्ति माैवाबारी, लुङ्ग्री, खयरभट्टि र बेलखाेलामा नेकपा एमालेको वार्ड कमिटीले आयाेजनामा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
सिद्धाराको अती विकट वस्ति बेलखाेलामा पहिलोपटक लुम्बिनी प्रदेश सभाका सांसद तथा नेकपा एमाले केन्द्र कमिटी सदस्य रामजी प्रसाद घिमिरेको उपस्ठितीमा नेकपा एमालेको वार्ड कमिटीले आयाेजनामा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा घिमिरेले बिकासका कुनैपनि पुर्वाधारकाे अनुभुति समेत नपाएका वस्तीका नागरिकका दर्जनौं समस्याहरु रहेकोले आफुले बेलखाेला वस्तीलाई प्राथमिकतामा राखेर याेजना बनाउने बताउनु भयाे । सांसद घिमिरेले थुप्रै बिकट वस्तीहरु मिलायर देशकै ठुलाे नगरपालिका बनाउने अ-दुरदर्शि निर्णय नै गलत भएकाले शितगंगा नगरपालिकालाई तिनवटा गाउँपालिकामा बिभाजन गर्ने प्रक्रियामा लाग्नका लागी सबै पक्षलाई अनुरोध समेत गर्नुभयो ।
त्यस्तै साेहि कार्यक्रममा पाटिका नगर कमिटी अध्यक्ष बसन्त कुमार श्रेष्ठले शितगंगा नगरपालिकाले संघीय सरकार र प्रदेश सरकारले पठाएका थुप्रै जनमुखी याेजनाहरुकाे दुरुपयोग गरेकाे र नगरले गएकाे ३बर्षमा एउटापनि गतिलाे काम गर्न नसकेको बताउनुभयो ।
पार्टीको ११ न. वार्ड कमिटी अध्यक्ष तथा जिल्ला अधिवेशन आयाेजक कमिटी सदस्य कमरेड नवराज भुसालकाे संयोजकत्वमा वडाकाे माैवाबारी, लुङ्ग्री, खयरभट्टि र बेलखाेलामा आयाेजित भेटघाट कार्यक्रममा वार्ड कमिटी ईन्चार्ज तथा जिल्ला अधिवेशन आयाेजक कमिटी सदस्य नारायण प्रसाद आचार्य ,११न. वार्ड सदस्य ईन्द्र ब.पल्ली ,जिल्ला अधिवेशन आयाेजक कमिटी सदस्य गाेपाल खनाल , देवेन्द्र रेस्मी, वाेम ब. बि क , बुध्दि ब.नेपाली र माैवाबारी लुङ्ग्रि टाेल कमिटी संयोजक दिपक नेपाली र युवा संघ शितगंगा नगर कमिटी सदस्य रेशम नेपाली लगायतका थुप्रै नेता तथा कार्यकर्ताहरुकाे सहभागिता रहेकाे थियाे ।