सिद्धाराको सुकवेल खाेलामा अवैध ढुङ्गा गिट्टी चाेरी गर्ने ट्याक्टरलाई एमालेको युवा संघले नियन्त्रणमा लियो

अर्घाखाँचीडट्कम संवाददाता  
सिद्धारा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्धाराको सुकवेल खाेलामा अवैध ढुङ्गा गिट्टी चाेरी गर्ने ट्याक्टरलाई नेकपा एमाले निकट युवा संघ शितगंगाले नियन्त्रणमा लिएका छन् । 
सिद्धाराको सुकवेल खाेलामा अवैध ढुङ्गा गिट्टी चाेरी गर्ने  लु४त २३९४ र लु ४त  २७९२ नम्बरका ट्याक्टरलाई युवा संघ शितगंगाले नियन्त्रण लिएर प्रहरी चाैकी सातमारामा बुझाएका हुन् । 
युवा संघ शितगंगाका नेताहरु देवेन्द्र रेस्मी, बाेम बहादुर बि क, गाेपाल खनाल, दिपक नेपाली र कपिल आचार्य सहितकाे टाेलीले नियन्त्रणमा लिएका थिए । 
नियन्त्रणमा लिएका ट्याक्टरहरु लुम्बिनी प्रदेश सभा सदस्य तथा प्रदेशको वन तथा प्राकृतिक स्रोत व्यवस्था समिति सदस्य रामजी प्रसाद घिमिरे र नेकपा एमाले शितगंगा नगर कमिटी अध्यक्ष बसन्त कुमार श्रेष्ठको उपस्थिति र प्रहरी चाैकी सातमाराका प्रमुखको राेहवरमा ११ न. वार्डका अध्यक्ष काेपिला चन्द आले मार्फत शितगंगा नगरपालिकालाई बुझाएकाे छ । 

अन्य समाचारहरु