अर्घाखाँचीमा स्वास्थ्यकर्मीहरूले अन्तिम कोरोना खोप लगाए, अरु सबैलाई वैशााख ७ देखि लगाईने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा स्वास्थ्यकर्मी,  सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिनेहरूलाई दोस्रो अर्थात अन्तिम कोरोना खोप लगाएका छन् । 
 अर्घाखाँची जिल्ला स्वास्थ्य कार्यालयबाट अस्ती चैत्र २० गते शुक्रवार ११ जना चैत्र छ गते शनिबार १५४ जना कोरोना रोगविरुद्धको खोप लगायतका छन् । भने र आज चैत्र २२ गते आईतवारको विवरण आएको छैन् ।  
जिल्लाभर १५,७७४ जनाले पहिलो चरणको कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
माघ १४ गतेदेखि फागुन १० गतेसम्म र फागुन २३ गतेदेखि चैत ३ गतेसम्म जिल्लाभरका ६ पालिकामा १५,७७४ जनाले पहिलो चरणको कोरोना भाइरसविरुद्धको खोप लगाएका हुन् । स्वास्थ्यकर्मी बाहेक माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ गतेसम्म प्रदान गरिने भएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी बिजय बिकले अर्घाखाँचीडट्कमलाई जानकारी दिए । 
जिल्लामा स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, प्रहरी, सार्वजनिक संस्थान, बैंकका कर्मचारी, बिद्धुत टेलिकम, पत्रकारहरु,  सार्वजनिक यातायातका चालक, सहचालक तथा क्याम्पस र विद्यालयका शिक्षक, ६५ वर्षमाथिका नागरिकलाई कोरोना खोप दिईसकेको छ । 
माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका लागि वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिनको लागि जिल्लाभर तयारी गरिएको छ ।  दोस्रो चरण गत फागुन २३ गतेदेखि यही चैत ३ गतेसम्म खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउने बारेमा पछि जानकारी गराइनेछ ।   
अर्घाखाँची जिल्ला कोरोना मुक्त
अर्घाखाँची जिल्ला कोरोना मुक्त भएको छ । जिल्लाभरका सन्धिखर्क, शितगंगा,  भूमिकास्थान,  मालारानी, छत्रदेव र पाणिनी   कोरोना मुक्त भएका हुन् । जिल्लाका सबै पालिकामा संक्रमितको संख्या शुन्य रहेको छ । 
उता जिल्लामा आजसम्म संक्रमितको संख्या ८०१  जना पुगेको थियो । जसमा सन्धिखर्क नगरपालिकामा ३८१ जना, शितगंगा नगरपालिकामा १०८,     भूमिकास्थान नगरपालिकामा १३५,   मालारानीमा ९०,     पाणिनी गाउँपालिकामा ३३   र छत्रदेव गाउँपालिकामा ५४  जना संक्रमित रहेका छन् ।   
यस्तै जिल्लाबाट  ७८८   जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ३७४  जना, शितगंगा नगरपालिकामा १०६, भूमिकास्थान नगरपालिकामा १३२,    मालारानीमा ८९,   पाणिनी गाउँपालिकामा ३१   र छत्रदेव गाउँपालिकामा ५४ जनाले कोरोनालाई जितेका हुन् ।
अर्घाखाँचीडट्कमको विवरण अनुसार जिल्लामा  कोरोनाका कारण १४ जनाको निधन भएको छ ।
यस्तै अर्घाखाँचीमा पछिल्लो समय कोरोनाभाइरस परीक्षण गर्नेहरुको संख्यामा पनि कमी आएको बताइएको थियो ।