अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका सन्धिखर्क नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा दुर्व्यसनका दुष्परिणामको अभिमुखीकरण कार्य सम्पन्न भएको छ ।
युवाहरुलाई लक्षित गरिएको सो कार्यक्रममा प्रमुख व्यक्तित्वको रुपमा नगर प्रमुख कमलप्रसाद भुसालले मन्तव्य राख्दै युवालाई सक्षम जागरुक, उर्जावान र उत्पादनशील बनाउन सन्धिखर्क नगरपालिका दृढताकासाथ लागि परेको बताउनुभयो ।
विशिष्ट व्यक्तित्वका रुपमा बोल्दै नगर उपप्रमुख ठाकुरकुमार विकले सहभागी युवालाई सचेत, सावधान तथा स्वस्थ रहन र आफ्नो टोल समुदायका युवालाई सुमार्गमा डोर्याउन आह्वान गर्नुभयो । सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद भुसालको अध्यक्षतामा संचालन भएको सो कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटाको विशेष उपस्थिति थियो भने नगर कार्यपालिकाका सदस्य मानबहादुर सुनारको समेत उपस्थिति थियो ।
कार्यक्रमका संयोजक उपसचिव युगलनारायण बसेलले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो भने सरकारी वकिल कार्यालयका प्रमुख निराजन शर्मा , अर्घाखाँची अस्पतालका डाक्टर मधुसुधन अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजन शाहले सहजीकरण गर्नुभएको थियो ।
शिक्षा अधिकृत मञ्जु आचार्यले संचालन गरेको सो कार्यक्रममा सनपाका विभिन्न वडाका ३० जना युवाको सहभागीता थियो ।