धनचौरमा भुमिकस्थान – १० वार्ड सदस्य हरिकला नेपालीको ३६ वर्षको उमेरमा निधन

अर्घाखाँचीडट्कम संवाददाता 
धनचौर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान  नगरपालिका वार्ड नं. १० धनचौरमा नेकपा  ( एमाले ) बाट निर्वाचित दलित महिला सदस्य तथा भुमिकस्थान नगरसभा सदस्य हरिकला नेपालीको ३६ वर्षको अल्पायुमा निधन भएको छ । 
भुमिकास्थान  नगरपालिका वार्ड नं. १० की दलित महिला सदस्य तथा भुमिकस्थान नगरसभा सदस्य हरिकला नेपालीको आईतबार राती अल्पायुमा निधन भएको हो ।
कलेजो खरावी  (जेन्डीस ) का कारण भैरहवामा उपचारको लागि लगिएको थियो । भैरहवाबाट फर्काएर हिजो ल्याउने क्रममा बाटो मै निधन भएको हो । स्व. नेपालीको अन्तिम दाहसंस्कार गच्छे घाटमा गरिएको छ ।  
मृतकको पार्थिव शरीरमा नेकपा एमालेका केन्द्रीय सदस्य राष्ट्रिय सभा सदस्य चन्द्र वहादुर खड्काले पार्टीको झण्डा ओडाएर अवीर तथा पुष्पगुच्छा अर्पण गरी अन्तिम श्रद्धाञ्जली ब्यक्त गर्नु भयो । 
पार्टी जिल्ला कमिटी सचिव तोज वहादुर रायमाझी, जिल्ला कार्यालय सदस्य जिव नारायण कोइराला र पिताम्बर भुसाल वागी जिल्ला सचिवालय सदस्य खगेश्वर पन्थी, जिल्ला कार्यालय सचिव लिल वहादुर विक, भुमिकस्थान न पा मेअर रेशम थापा, उपमेअर खडानन्द वेल्वासे, प्रमुख प्रशासकीय अधिकृत लिल वहादुर राउत, भुमिकस्थान न पा प्रवक्ता तथा4 नं वडा अध्यक्ष वावुराम सुनार लगायतले अविर तथा पुष्पगुच्छा अर्पण गरी अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । 
श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन ईश्वरी प्रसाद मरासनीले गर्नु भएको थियो ।