पालीको श्री बाबुराम प्राथमिक बिद्यालय खहडीमा प्रहरीको ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं. ८ पालीको खहडी स्थित श्री बाबुराम प्राथमिक बिद्यालयमा प्रहरीको ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सवारी दुर्घटना न्युनिकरण गरी सहज र सुरक्षित सवारी आवागमन गराउने तथा सर्वसाधारणमा  ट्राफिक जनचेतना अभिबृदी गराई ट्राफिक ब्याबस्थापनलाई प्रभाबकारी र जनमानसमा सु सुचित गराई सर्बसाधारणलाई ट्राफिक शिक्षा प्रदान गर्ने  उदेश्यका साथ आज पालीको खहडी स्थित श्री बाबुराम प्राथमिक बिद्यालयमा अध्यनरत ७० जना छात्र छात्राहरुलाई अस्थाई ट्राफिक प्रहरी पोष्ट नरपानीबाट खटिएको टोलिले ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिनुको साथै ,अस्थाई ट्राफिक प्रहरी पोष्ट ठाडाबाट शितगंगा नगरपालिका वार्ड नं. ३ ठाडा स्थित खटिएको ट्राफिक चेकिङ टोलीले चालक तथा यात्रुहरु २ पटकमा  ५० जनालाई सडकमै जम्मा गरी सवारी साधन चलाउदा ध्यान दिनु पर्ने कुराहरु सवारी साधनमा यात्रा गर्दा पलना गर्नु पर्ने नियम हरु तथा  अन्य ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिईएको थियो । 
सोही अवसरमा  ट्राफिक जनचेतनामुलक पर्चा पम्लेट समेत बितरण गरिएको थियो । 

अन्य समाचारहरु