झनक के.सी
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका वार्ड नं १० सिद्धारा र १२ ठाडाको रजियामा नेकपा एमाले निकट अखिल नेपाल महिला संघ वार्ड कमिटी गठन भएको छ।
वार्ड नं १० सिद्धारामा १७ सदस्यीय रहेको अखिल नेपाल महिला संघ वार्ड कमिटी गठन भएको हो । जसमा संयोजक मा शान्ता भण्डारि सह संयोजक गौरा आर्चय सचिव तुल्सा वेल्वासे र सह सचिव मा कल्पना आर्चय चयन हुनु भएका छ ।
त्यस्तै वार्ड नं १२ ठाडाको रजियामा २५ सदस्यसीय वार्ड कमिटी गठन भएको छ । जसमा संयोजक फुलमाया बेल्बासे , सह संयोजक सिता बेलबासे सचीव तुलसा बेल्बासे,सह सचीव ईन्दिरा पेग्नी चयन हुनु भएको छ ।
कार्यक्रममा नेकपा एमालेका क्षत्रीय अध्यक्ष काशीराम आचार्य को प्रमुख आतिथ्यता ,अखिल नेपाल महिला संघ शितगंगा नगर कमिटिकी अध्यक्ष गीता भाटको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पनन भएको थियो ।
त्यस्तै आज शितगंगा नगरपालिका वडा न १२ ठाडाको रजियामा युवा संघ नेपालवडा आयोजक २७ सदस्यीय को कमिटि गठन भएको छ । जसमा संयोजक बासुदेव राना , सह संयोजक बिक्रम समाल , सचिव टेकराज पौडेल, सह सचीव जुन बहादुर नेपालि चयन हुनु भएको छ ।
कार्यक्रममा वार्ड न १२ नेकपा एमालेका वडा इन्चार्ज ऋषी केश बि.कको अध्यक्षता, नेकपा का क्षेत्रीय अध्यक्ष काशीराम आचार्यको प्रमुख आतिथ्यता र सन्तोष शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।