नुवाकोटको चिदिचौरमा सरोकारवालाहरुसँग सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिकामा निर्माण हुने १५ शैयाको अस्पतालको प्रारम्भिक वातावरणिय परिक्षण कार्यको स्थानिय सरोकारवालाहरुसँग सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । 
नुवाकोटको चिदिचौरमा मंगलवार प्रारम्भिक वातावरणिय परिक्षण कार्यको स्थानिय सरोकारवालाहरुसँग सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो  । 
कार्यक्रममा   नगर प्रमुख रेशम थापा,   नगर उप प्रमुख खडानन्द बेल्बासे, प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।