अर्घाखाँचीमा पत्रकार महासंघको मतदान सम्पन्न | Democratic Alliance – Ashok Khanal on course to win election

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेपाल पत्रकार महासंघको नेतृत्व चुन्न निर्वाचन सम्पन्न भएको छ । महासंघको नेतृत्व चुन्न जिल्लामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् निर्वाचन बुधवार शन्तिपूर्ण रुपमा सम्पन्न भएको हो । पत्रकार महासंघ अर्घाखाँचीको निर्वाचनमा कुल मतदाता १२६ मध्ये ११६ मत खसेको छ ।  
मतगणना अहिले साँझ केही समयमा शुरु हुने छ ।  नेतृत्व चयनका लागि महासंघले जिल्ला प्रशासन कार्यालयमा मतदान केन्द्रको  व्यवस्था मिलाएको थियो  । 
विहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म मत दिने व्यवस्था मिलाइएको थियो । भने मतदानका लागि कुनै आधिकारिक परिचय पत्र वा नागरिकता चाहिने व्यवस्था गरिएको थियो ।
महासंघको आजको चुनावका लागि नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रगतिशील पत्रकार संघ, प्रेश चौतारी, ( माधब समुह) जन पत्रकार संघ, प्रेश मंच नेपाल लगायतको लोकतान्त्रिक गठबन्धनबाट २९ जनाको दरखास्त परेको थियो । यस्तै एक्लै भिड्दै गरेको प्रेस चौतारी नेपालबाट २१ जनाको दरखास्त परेको थियो ।
लोकतान्त्रिक गठबन्धनले जित्दै 
उता जिल्लाको प्रेस चौतारी बाहेक सबै पत्रकार संगठनको लोकतान्त्रिक गठबन्धनले संयुक्त रुपमा उम्मेदवारी दिएका छन् । मतदाता नामावलीलाई हेर्दा अशोक खनालको लोकतान्त्रिक गठबन्धनले निर्वाचन जित्ने अनुमान गरिएको छ । 
तर हिजो गणेश खनालकाे प्यानलले पनि बहुमतले चुनाव जित्ने दावी गरेका थिए । प्यानलका अध्यक्ष पदका उम्मेदवार गणेश खनालले भने; “हामीले बहुमतले चुनाव जित्ने र संस्थागत विकासमा लागि पर्छाै ।” 

महासंघको  चुनावका लागि दरखास्त परेको नामावली यस प्रकार थियो:-   
गठबन्धनबाट:-
अध्यक्ष :- अशोक खनाल
उपाध्यक्ष :- बिरेन्द्र केसी 
उपाध्यक्ष महिला:- भगवता पाण्डे 
सचीव :- बिनोद गैरे
कोषाध्यक्ष :- रुद्रमणी भुसाल 
सहसचिव :- हृदय भुसाल 
समाबेशी सहसचिव 
रमेश बि.क .  
अनिल नेपाली 
सदस्य जनजाति :- 
अम्बिका श्रेष्ठ 
सदस्य महिला :- 
सरिता भुसाल 
सदस्य खुल्ला:-
 लक्ष्मण घिमिरे 
घनश्याम पौडेल 
बिष्णु खनाल
जितेन्द्र खत्री 
गोपाल भट्टराई 
अशोक चौहान
वसन्त बि. क.
दलित सदस्य:- 
सागर परियार 
समाबेशी:-
बाबुराम रसाइली 
 केन्द्रिय परिषद सदस्य :-
 बिष्णु प्रसाद भुसाल 
सहयोगी बि. सी.
 सुर्य प्रसाद भुसाल
प्रदेश परिषद सदस्य :-
 बिजय के.सी 
 देबेन्द्र कुँवर 
मेहरसिंह के.सी 
अशोक पौडेल 
 सागर महत 
गोमा भुसाल
प्रेश चौतारी ( के. पी. ओली )
 प्यानलबाट 
अध्यक्ष :- गणेश खनाल 
उपाध्यक्ष :- वसन्त कुमार श्रेष्ठ 
महिला उपाध्यक्ष :-सबिता आचार्य 
 सचीव :- बिष्णु कुमार आले 
कोषाध्यक्ष :- नवीन के. सी.
 सहसचिव :- हुम बहादुर बि. क.
सदस्य :=
महिला सदस्य करिष्मा खनाल 
जनजाति सदस्य अमृत श्रेष्ठ 
दलित सदस्य प्रदीप नेपाली 
सदस्य खुल्ला:-
 सृजन भुसाल
भुपेन्द्र सुवेदी 
नारायण भुसाल
नवीन पंथी 
चन्द्र पाण्डे 
निशा पंथी 
 केन्द्रिय परिषद सदस्य :-
 शालिकराम आचार्य 
खिम प्रसाद मरासिनी 
पार्बता श्रेष्ठ 
मधुकुमार श्रेष्ठ 
प्रदेश प्रदेश परिषद सदस्य :-
 कुशल भुसाल
कमल बिस्ट

यस्तो छ नामावली: 


अर्घाखाँचीमा पत्रकार महासंघको मतदान सम्पन्न | Democratic Alliance – Ashok Khanal on course to win election

अर्घाखाँचीमा पत्रकार महासंघको भोली हुने चुनावको तयारी पुरा, लोकतान्त्रिक गठबन्धनले जित्ने अनुमान

अर्घाखाँचीमा कांग्रेस सभापति बिष्णु मुस्कान पनि पत्रकार महासंघको सदस्य, चुनावमा भोट हाल्न पाउने

अर्घाखाँचीका पत्रकार चुनावमा होमिए, उम्मेदवार बनेकाहरू मत माग्न व्यस्त