दिपेन्द्र खत्री
अर्घातोष, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर २ अर्घातोष र ३ खनदहका जङ्गलमा आगलागी भएको छ। दुईदिन देखि वन र खरेनमा आगलागी भएको हो।
जंगलमा हिजो अर्थात २४ चैत्रमा आगलागी भएको थियो। स्थानीयवासी र सुरक्षाकर्मीले निभाएको भएपनि फेरि आज आगलागी भएको ईलका प्रहरी कार्यालय खनले जनाएको छ।
भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन भए पनि अहिले आगो नियन्त्रणमा आएकाे प्रहरी निरिक्षक चुरामणी पुनले बताउनुभयाे। मानव बस्ती नजिकैको दूरीमा आगलागी भएको थियाे । आगोबाट उक्त स्थानका २४ वटा घर सम्म जाेखिम रहेका थिए। तर सबैकाे पहलमा अहिले जाेखिम मुक्त रहेकाे उहाँले बताउनुभयो ।
आगलागीबाट मानवीय तथा पशुचौपाय क्षति भएको छ। स्थानीयवासी, नेपाल प्रहरी, जनप्रतिनिधि ,शिक्षक लगायत स्मार्ट युवा क्लबकाे टोली आगो निभाउन खटिएको मालारानी गाउँपालिका वार्ड नम्बर ३ का वडा सदस्य शाेभाखर खनालले जानकारी दिनुभयाे । उक्त भेगकाे अनुमानीत १५० राेपनी जमिनमा आगो लागेकाे उहाले बताउनुभयो ।
यसभन्दा अघि उक्त भेगकाे जङ्गलमा यस्ताे किसिमले आगलागी नभएको स्थानीय भागिरत खनालले बताउनुभयो अागाे नियन्त्रण काे लागि लागिरहेका स्थानीय एक जना व्यक्ति घाइते सम्म भएका छन्। आगलागीको कारण अझैसम्म पत्ता लाग्न सकेको छैन,उहाले भन्नू भयाे कस्ले जङ्गलमा आगो लगाइरहेको छ भन्ने खुलेको छैन। आगलागीका कारण वनमा रहेका जडिबुटी ,वन्यजन्तु ,काठ लगायत जनावरको विनाश भइरहेको छ।