डिआरजी सुमन
दुर्गाफाँट,अर्घाखाँची (अर्घाखाँचीडट्कम व्युरो रिपोर्ट) । पाणिनी गाँउपालिकाले पालिकाभित्र रहेका उत्कृष्ट शिक्षक तथा विद्यार्थी सम्मान कार्यक्रम २०७७ सम्पन्न गरेको छ ।
माध्यमिक तह अन्तर्गत पाणिनी गाँउ पालिकाको एकमात्र नमुना विद्यालयहरिहर संस्कृत तथा साधारण मावी का प्रधानाध्यापक तथा पाणिनी गाँउपालिका कै एकमात्र खुला माध्यमिक विद्यालय शिवमदन मावी काप्रधानाध्यापकलाई सम्मान गरिएको छ । यस्तै आधारभूत तह तर्फको तुल्सीआधारभूत विद्यालयका प्रधानाध्यापक एकजना गरी ३ जना कार्यरतप्रधानाध्यापक लाई सम्मान गरिएको छ ।
अवकाश प्राप्त शिक्षक तथा कर्मचारी वाट ६ जनालाई सम्मान गरिएको छ । यस्तै पुर्व विद्यालय व्यावस्थापन समिती अध्यक्ष तथा शिक्षाप्रेमीवाट ६ जनालाईसम्मान गरिएको छ ।
शिक्षक तर्फवाट कक्षा १० मा उत्कृष्ट नतीजा ल्याउन सफल विषयगत शिक्षक ६जना, कक्षा ८ मा उत्कृष्ट नतीजा ल्याउन सफल विषयगत शिक्षक ५ जना, आधारभूत विद्यालय का शिक्षक तथा प्रधानाध्यापक मध्ये वाट १० जनालाईसम्मान गरिएको छ ।
वाल शिक्षक २ जना, कार्यलय सहयोगी २ जना,एसईई मा उत्कृष्ट नतीजाल्याउने विद्यार्थी ११ जना, कक्षा ८ मा उत्कृष्ट नतीजा ल्याउन सफल विद्यार्थी ७जना,
प्रविधिक तर्फ कक्षा १० मा उत्कृष्ट १ जना , प्रविधिक धारतर्फ कक्षा ११ र १२ कोतर्फवाट १ जना, सिटिईभिटी प्रिडिप्लोमा (जेटीए) परिक्षामा उत्कृष्ट नतीजाल्याउने विद्यार्थी १ जना र खुला माध्यमिक तह वाट १ जना लाई सम्मान गरिएकोछ । कक्षा ११ र १२ को संयुक्त नतीजामा उत्कृष्ट भएका ३ जनालाई सम्मान गरिएकोछ ।
यसरी प्रदान गरिएको सम्मानमा चरेसको थाल, दोसल्ला,डिस्कनेरी, ख्यातिप्राप्त पुस्तक,एटलस,डायरी र पेन सहित प्रसंसा तथा सम्मान पत्रलेसम्मान गरिएको छ । यसरी सम्मानित हुनेमा आज ६८ जना लाई सम्मानगरिएको पाणिनी गाँउ पालिक शिक्षा , युवा तथा खेलकूद साखा प्रमुख तेजवहादुर खनाल ले जानकारी गराउनु भएको छ ।
पाणिनी गाँउ पालिक अध्यक्ष अच्युत गौतमको अध्यक्षता,गाँउ पालिका उपाध्यक्षलक्ष्मी गौतम को प्रमुख आथित्यता,प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसादघिमिरे को विशिष्ट आथित्यता,पाणिनी गाँउ पालिका शिक्षा समितीसदस्यहरु,सामाजिक विकास समितीका सदस्यहरु,पुर्व विद्यालय व्यावस्थापनसमिती अध्यक्षहरुको आथित्यता रहेको कार्यक्रम पाणिनी गाँउ पालिकाशिक्षा,युवा तथा खेलकूद शाखा प्रमुख तेज वहादुर खनालको स्वागत मन्तव्य रप्रविधिक सहायक कृष्ण प्रसाद पोखरेल को सन्चालनमा सम्पन्न भएको छ ।
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम् ।