अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ठाडा स्थित ज्योति भविश्वर बहुमुखी क्याम्पसमा ओली नेकपा एमाले निकट अनेरास्ववियुको क्याम्पस कमिटी गठन भएको छ ।
ठाडाको ज्योति भविश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियु जिल्ला कमिटी अर्घाखाँचीको बिद्यार्थी जागरण अभियान अन्तर्गत अनेरास्ववियुको क्याम्पस कमिटी गठन भएको हो ।
ज्योति भविश्वर बहुमुखी क्याम्पसमा बिस्नु प्रसादको अध्यक्षतामा २५ सदस्यीय क्याम्पस कमिटी गठन र उच्च माबीमा सुशील भुसालको अध्यक्षतामा ५१ सदस्यीय उच्च मावी कमिटी गठन गरिएको छ ।