पदमुक्त भएका टोपबहादुर रायमाझी सहित चार जनाले पहिलेकै मन्त्रालयमा आज पुनः सपथ लिने

पदमुक्त भएका चार जनाले मन्त्रीले आज पद तथ गोपनियताको पुनः सपथ लिने भएका छन्।
बिहीबार सांसदसँगै मन्त्रीबाट पनि पदमुक्त भएका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीले शुक्रबार साँझ ५ बजे राष्ट्रपतिबाट पुनः सपथ लिन लागेका हुन्।
उनीहरुले पहिलेकै मन्त्रालयमा नियुक्त  लिन लागेका हुन्। जस अनुसार रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाई, भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति , साह सहरी विकास र चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा पुनर्नियुक्त हुन लागेका हुन्।
भट्ट ३ फागुन २०७५ मा केपी शर्मा ओलीको सरकार गठन भएयता निरन्तर मन्त्री छन् । रायमाझी, साह र चौधरी भने प्रनिनिधिसभा विटनपछि १० पुसमा पुर्नगठित मन्त्रिपरिषद्मा सदस्य बनेका थिए।
त्यही बेला माओवादी बाट गएका मन्त्रीचन्द्र थापा पनि खानेपानी तथा सरसफाई मन्त्री नियुक्त भएका थिए । थापा भने बिना सांसद मन्त्री भएकाले नियुक्त भएको अवधिदेखि ६ महिनासम्म मन्त्री हुन पाउनेछन्।
संघीय सांसद नरहेका व्यक्तिलाई प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ।
माओवादी केन्द्र छोडेर आफूसँग आएका उनीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अब त्यहीँ व्यवस्थाअनुसार मन्त्री बनाउनुपर्ने छ।
राष्ट्रपति कार्यालय शितल निवासमा मन्त्रीहरूको सपथका लागि तयारी गरिएको छ। सेतोपाटीमा समाचार छ ।