सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाल पत्रकार महासंघ जिल्ला अर्घाखाँचीको निर्वाचनमा संयुक्त लोकतान्त्रिक प्यानलको बर्जस्व कायम भएको छ । कुल १ सय २६ मताधिकार रहेको अर्घाखाँचीमा एकसय सोह्रजनाले गत चैत २५ गते निर्वाचनमा भाग लिएका भएपनि एउटा मत बदर भएको जनाईएको छ ।
सम्पन्न निर्वाचनको मत परिणाम अनुसार संयुक्त लोकतान्त्रिक प्यानलको तर्फबाट अध्यक्षमा अशोक खनाल, उपाध्यक्षमा वीरेन्द्र केसी, महिला उपाध्यक्षमा भगवता पाण्डे, सचिवमा विनोद गैरे, सहसचिवमा हृदय कुमार भुसाल, समावेशी सहसचिवमा अनिल नेपाली (निर्विरोध) र कोषाध्यक्षमा रुद्रमणि भुसाल विजयी भएका छन् । यसैगरी सदस्यहरुमा गोपालप्रसाद भट्टराइ, अशोक चौहान, बिष्णु खनाल, घनश्याम पौडेल, लक्ष्मण घिमिरे, सागर परियार, बसन्त बिक, बाबुराम रसायली र जितेन्द्र खत्री अत्यधीक मतका साथ विजयी भएका छन् । यसैप्रकार सदस्यहरुमा सरिता भुसाल र अम्बिका श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
संयुक्त लोकतान्त्रिक प्यानलका तर्फवाट प्रदेश परिषद् सदस्यहरुमा अशोक पौडेल, देवेन्द्र कुँवर, मेहरसिंह केसी, गोमा भुसाल र विजय केसी अनी प्रतिस्प्रधी समुह प्रेस चौतारी नेपाल ओलीको तर्फबाट कमल बिष्ट र कुशल भुसाल निर्विरोध निर्वाचित बन्ने सौभाग्य प्राप्त गरेका छन् ।
यस्तै केन्द्रिय परिषद् सदस्यहरुमा बिष्णु भुसाल र सुर्य भुसाल संयुक्त लोकतान्त्रिक प्यानलबाट विजयी भएका भएपनि महिलाबाट पार्वता श्रेष्ठ र आदिवासी, जनजातीबाट मधुकुमार श्रेष्ठ प्रेस चौतारी नेपाल ओली समुहबाट निर्विरोध निर्वाचित भएका छन् ।
यसप्रकार प्रेस चौतारी नेपाल ओली समुहले अर्घाखाँची जिल्लाबाट यसपाली प्रदेश परिषद् सदस्यमा दुईजना र केन्द्रिय परिषद् सदस्यमा दुईजना गरि जम्मा चार पदमा संयुक्त लोकतान्त्रिक प्यानलले उम्मेदवार दिन बिर्सिएपछि निर्विरोध विजयी हात पारेको बुझिएको छ ।