अर्घाखाँचीडट्कम संवाददाता
हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ६ हंसपुरमा नेपाली कांग्रेसको वार्ड कार्यालय उदघाट्न तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
हंसपुरमा नेपाली कांग्रेसको वार्ड समितीको आयोजनामा कार्यालय उदघाट्न तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १० जना नेपाली कांग्रेस मा प्रवेश गरेका छन। नवप्रवेशी नेता तथा कार्यकर्ता लाई जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कानले पाटी सदस्यता प्रदान गरेर स्वागत गर्नु भएको थियो।
कार्यक्रममा जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कान ,पूर्व सभापति तथा सन्धिखर्क नगरपालिका का नगर प्रमुख कमल प्रसाद भुसाल , उपसभापति सान्ता भण्डारी , जिल्ला सचिव विष्णु भुसाल , दलित संघ केन्द्रिय उपाध्यक्ष लोकेन्द्र वि क , जिल्ला सदस्यहरु कृष्ण प्रसाद खनाल, सीता भुसाल , विष्णु क्षेत्री , मालारानी गाउँपालिका का सभापति तथा मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष शोभाखर खनाल , महिला संघ क्षेत्र नं १ अध्यक्ष सान्ता खनाल , नेपाली कांग्रेस जिल्ला वन विभाग सदस्य सन्जय खनाल लगाएतको उपस्थितिमा वार्ड कार्यालय उदघाट्न भएको थियो।
कार्यक्रम नेपाली कांग्रेस मालारानी गाउँपालिका वार्ड नं ६ सभापती मेहर सिंह राउतको अध्यक्षता दामोदर अधिकारीको स्वागत मन्तव्य र बल बहादुर रानाको सञ्चालन मा सम्पन्न भएको थियो।